एक सफल बीमा अभिकर्ता पेशामा सफल हुने तरिका

काठमाडौं । पछिल्लो समय जीवन बीमा अभिकर्ता पेशाप्रति आकर्षण बढ्दो छ । केहीले बैंकको जागिर, केही शिक्षक पेशा, केही त सरकारी पेशा नै छोडेर अभिकर्ता पेशामा जोडिएको पाईन्छ । आफु स्थापित भईसकेको पेशा छोडेर अभिकर्ता पेशामा जोडिए पछि कतिपयको जीवनशैली नै फेरिएको बीमा बजारमा देख्न सकिन्छ ।तर, बीमा अभिकर्ता पेशामा जोडिने सबै अभिकर्ताहरु सफल नहुन पनि सक्छन् । बीमा अभिकर्ता पेशामा कसरी सफल बन्ने प्रश्न गर्दा सबैको उत्तर एउटै आउँदैन् ।

आआफ्नै कला, आआफ्नै सिद्धान्त, तौरतरिकामा आधारित रहेर काम गर्दा अभिकर्ता पेशामा सफल बन्न सकिने अभिकर्ताहरु बताँउछन् जीवन व्यवसायमा मूख्य पात्रका रुपमा रहेका अभिकर्ताहरुमा विभिन्न्न खालका गुणहरु हुन जरुरी देखिन्छ । बीमा अभिकर्तामा यस्ता खालका गुणहरु हुन जरुरी हुन्छ । सकारात्मक सोच, सधैँ आशावादी, व्यवहारमा सन्तुलन, हरेस नखाने, नैतिकतावान्, योजनावद्ध रुपमा कार्य गर्नु, नेतृत्व क्षमता, आफ्नो काममा प्रतिवद्ध, आकर्षक व्यक्तित्व, समयको ख्याल गर्ने जस्ता गुणहरु एक सफल अभिकर्तामा हुन जरुरी हुन्छ ।

सर्वप्रथम ग्राहकको क्षमता र इच्छाअनुसार बीमालेख बिक्रि गर्नु, बीमा अभिकर्ताको जिम्मेवारी हुन्छ । जसमा प्रचलित बीमालेखहरुको शुल्क, सुरक्षा आदिका बारेमा प्रष्ट पार्नु पर्ने हुन्छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.