कीर्तिपुरमा कोठा तातो बनाउँदा निसास्सिएर आमा छोराको मृत्यु

काठमाडौं, कोठा तातो बनाउने भन्दै कोइला बालेर सुतेका आमा छोराको निसास्सिएर मृत्यु भएको छ ।कीर्तिपुर नगरपालिका–८ सुन्दरबस्तीमा ३६ वर्षीया आमा शर्मिला रन्जितकार र उनको दुई महिने छोराको मृत्यु भएको हो ।महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी छेदिलाल कामतीकाअनुसार उनीहरुको अक्सिजनको कमी भएर मृत्यु भएको हो । कोठा अत्यधिक चिसो भएको भन्दै उनीहरुले साँघुरो कोठामा कोइला बालेर सुतेका थिए ।

कोठामा शर्मिलाका श्रीमान् नवराज पनि सुतेका थिए । उनैले राति ३ बजे छोरालाई तेल लगाउन खोज्दा आमा र छोरा दुवैले हलचल नगरेपछि प्रहरीलाई खबर गरेका थिए ।कोठा तातो बनाउन भन्दै कोइला बालेर सुतेका ३२ वर्षीय शर्मिला रञ्जितकार र उनका २ महिनाको छोराको मृत्यु भएको हो । कोठामा सँगै सुतेका शर्मिलाका श्रीमान् नमराज रञ्जितकार बिरामी भएका छन् ।

जाडो मौसम भएको र सुत्केरी भएको कारण सानो कोठामा सबै झ्याल ढोका बन्द गरी कोइला बालेर सुतेका उनीहरुमध्ये शर्मिला र दुई महिनाको बालक बिहान मृतअवस्थामा फेला परेका हुन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.