अदालतले सुनायो पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय

काठमाण्डौ – पाकिस्तानको लाहोर उच्च अदालतले पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई देशद्रोहको सम्बन्धमा मृत्युदण्डको सजाय सुनाएको छ । मुशर्रफ अहिले पाकिस्तानमा छैनन्, उनी दुबईमा आफ्नो उपचार गराइरहेका छन् । केही दिनअघि मुशर्रफले एक भिडियो जारी गर्दै आफ्नो स्वास्थ्यको बारेमा जानकारी गराएका थिए ।

साथै उनले जाँच आयोगलाई आफ्नो अवस्था बुझ्न दुबई नै आए हुन्छ भनेका थिए । संविधानको अवहेलना र गम्भीर देशद्रोहको विषयमा उनले भनेका थिए, ‘यो विषय मेरो विचारमा पूरै निराधार छ । दोशद्रोहको कुरा होइन मैले त देशको धेरै सेवा गरेको छु । हामीले देशको लागि युद्ध लड्यौँ र दश वर्षसम्म देशको सेवा गर्यौँ ।’

लाहोर उच्च अदालतको तीन सदस्यीय बेन्चको बहुमतबाट यो फैसला सुनाइएको हो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.