५ लाख घुस खाने मालपोत प्रमुखविरुद्ध मुद्दा दायर

काठमाडौं, भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त कार्यालय प्रमुख मालपोत अधिकृत रामबाबु मण्डलविरुद्ध घुस मुद्दा दर्ता भएको छ। प्रमुख मालापोत अधिकृत मण्डलले सेवाग्राहीसँग ५ लाख घुस लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिदा लिदै उनलाई पक्राउ गरेको थियो। अख्तियारले उच्च अदालत जनकपुर, राजविराज इजलासको पुनरावेदनमा विचाराधिन रहेको मुद्दाको सिलसिलामा सेवाग्राहीसँग घुस लिएका मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विचाराधिन मुद्दामा सेवाग्राहीको नाममा कायम हुन आएको खुल्ने निर्णयसहितको माग भएको कागजात उपलब्ध गराउन आनाकानी गर्दै घुस लिएको अख्तियारको दाबी छ। मण्डलविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजायको मागसहित विशेष अदालत, आरोपपत्र दायर गरिएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.