काठमाडौँ महानगर एक बर्ष भित्र धूमपान मुक्त शहर बन्दै

अबको एक बर्ष भित्र काठमाडौँ महानगरलाई धूमपान मुक्त शहर बनाउने घोषणा गरिएको छ । नसर्ने रोगको बढ्दो जोखिमलाई कम गर्न र काठमाडौँलाई संसारकै स्वस्थ शहर ९हेल्दी सिटी० को सूचीमा उभ्याउने योजना अनुरुप महानगरलाई धूमपान मुक्त बनाउने घोषणा गरिएको हो ।काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले सन् २०२० को डिसेम्वर सम्ममा धूमपानमुक्त महानगरको रुपमा संसारभर चिनाउने प्रतिवद्धता जनाएका छन् ।यो प्रतिवद्धता यत्तिकै आएको भने होइन । व्लुम्बर्ग फिलान्थ्रोपिक तथा विश्व स्वास्थ्य संगठनको सहयोगमा भाइटल स्ट्राटेजिक परियोजना अन्तरगर्त काठमाडौँलाई हेल्दी सिटीको रुपमा विकास गर्न लागिएको छ । सोही परियोजना अन्तरगर्त महानगरले काठमाडौँलाई धूमपानमुक्त शहर बनाउने प्रतिवद्धता जनाएको हो । काठमाडौँ महानगर र यो परियोजनाबीच तीन बर्ष अघि देखि नै सहकार्य भई रहेको छ ।

काठमाडौँ मात्रै होइन सो परियोजनाले संसारका विभिन्न ७० वटा शहरलाई हेल्दी सिटीको रुपमा विकास गर्दैछ भने एसियाली मुलुकका २१ वटा शहर छनौटमा परेका छन् ।शुक्रबार परियोजना नविकरण गर्ने क्रममा काठमाडौँका मेयर शाक्यले महानगरलाई सन् २०२० को डिसेम्बरसम्ममा धूमपान मुक्त गर्ने प्रतिवद्धता जनाएका हुन् ।जन स्वास्थ्यका लागि कडा कदम चाल्न आवश्यक भईसकेको छ । त्यसैले महानगरलाई धूमपानमुक्त शहर बनाउने प्रतिवद्धता जनाउँछु । यसअघि मेयर शाक्यले सोही परियोजना अन्तरगर्त महानगरले सन् २०१७ र २०१८ मा धूमपानले जनस्वास्थ्यमा पार्ने असरका बारेमा व्यापक जनचेतना फैलाएको समेत दावी गरेका थिए ।

व्लुम्बर्ग फिलान्थ्रोपिकका जनस्वास्थ्य संयोजक डा केली हेनिङले काठमाडौँको प्रतिवद्धता प्रति खुशी व्यक्त गरिन । उनले शहरीकरणसंगै तिब्र गतिमा बढी रहेको नसर्ने रोगको प्रकोप न्युनिकरणका लागि बनेका कानून कार्यान्वयन गर्नु आवश्यक रहेको बताइन ।पछिल्लो सर्भेक्षण अनुसार काठमाडौँको शहरी क्षेत्रमा धूमपान प्रयोग गर्ने बयस्क ३७ प्रतिशत र ग्रामिण क्षेत्रमा ६८।४ प्रतिशत रहेको बताइएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.