गोठमा आगलागि हुँदा गुल्मीमा एक जनाको मृत्यु

गुल्मीको इस्मा गाउँपालिका ३ तोरीपाटाका चिन्ताबहादुर सार्कीको गोठमा आगलागि हुँदा एक जनाको ज्यान गएको छ । शुक्रबार राति आगलागि हुँदा परिचय खुल्न नसकेका एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक रबीन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

गोठमा चिन्ताबहादुरका परिवारका कोही पनि नसुतेकाले शव कसको हो भन्ने बारे खुल्न नसकेको उहाँले बताउनुभयो । घटनाको इलाका प्रहरी कार्यालय पुर्कोट दहले थप अनुसन्धान गरिरहेको छ । आगलागिका कारण गोठमा रहेका भैंसी र गोरु समेत जलेर घाइते भएका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.