फुटबल खेल्ने क्रममा रणवीर कपूर घाइते

मुम्बइ। बलिउड अभिनेता रणवीर कपूर फुटबल खेल्ने क्रममा घाइते भएका छन् । उनको मुखमा चोट लागेर ओठबाट रगत चुहिएको बताइएको छ। चोटका बाबजुद उनले खेल पूरा गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यति मात्र होइन, खेल हेर्न आएका फ्यानहरूसँग उनले सेल्फी पनि खिचेका छन्।

एक जना फोटोग्राफरले रणवीरलाई ‘अलिअलि दुखेको छरु’ भनेर सोधेका थिए। रणवीरले ‘थोरै होइन, धेरै दुखेको छ यार’ भनेका छन्। रणवीर अचेल आयान मुखर्जीको फिल्म ‘ब्रह्माश्त्र’ व्यस्त छन्। ‘ब्रह्माश्त्र’ मा रणवीरका साथै आलिया भट्ट पनि छन्। केही समययता प्रेम सम्बन्धमा रहेका आलिया र रणवीर पहिलोपटक फिल्ममा सँगै देखिन लागेका हुन्। उनीहरूले सँगै विज्ञापनहरू भने गरिसकेका छन्।

‘ब्रह्माश्त्र’ मा अमिताभ बच्चन, मौनी रोय, नागार्जुना अक्किनेनी र डिम्पल कपाडियाको पनि मुख्य भूमिका छन। फिल्म सन् २०२० को मध्य वा अन्त्यतिर रिलिज हुने बताइएको छ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.