बिहीबार खण्डग्रास सूर्यग्रहण लाग्दै ,सार्वजनिक बिदा हुन्छ कि हुँदैन

काठमाण्डौ – बिहीबार खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले सार्वजनिक बिदा हुन्छ कि हुँदैन भन्ने जिज्ञासा बढेको छ । तर सरकारले अहिलेसम्म सार्वजनिक बिदाबारे निर्णय गरेको छैन ।बिहीबार बिदा हुन्छ त , भन्ने जिज्ञासामा गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भन्नुभयो, २०७२ सालमा सूर्यग्रहण भएको बेला बिदादिइएको रहेछ, तर यसपालि अहिलेसम्म यसबारे निर्णय भैसकेको छैन । मन्त्रिपरिषद्ले निर्णय गर्‍यो भने बेलुकासम्म थाहा हुन्छ ।’

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहण बिहीबार बिहान ८ बजेर ४२ मिनेटदेखि सुरु भएर ११ बजेर ३१ मिनेटमा सकिनेछ । ग्रहण लाग्नु अघिदेखि नसकिँदासम्म खानपान गर्न हुँदैन भन्ने शास्त्रीय मान्यता छ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण सुरु हुनेछ । बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ । पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने समितिले जनाएको छ ।

ग्रहण लाग्नुभन्दा चार प्रहर १२ घण्टा अघि अर्थात् बुधबार बेलुकी ८ः४२ देखि बालक, वृद्ध र रोगीबाहेकलाई शास्त्रीयरूपमा भोजन निषेध रहेको गौतमले बताउनुभयो ।सूर्यग्रहण प्रत्यक्ष आँखाले हेर्न हुँदैन । कुनै भाँडामा पानी राखेर वा सुरक्षित यन्त्रका माध्यमबाट सूर्यग्रहण हेर्न सकिने छ ।नेपाली समय अनुसार विहान ०८ः४२ बजेदेखि ११ः३१ बजेसम्म जम्मा २ घण्टा ४९ मिनटको हुने प्रस्तुत ग्रहणको असरहरुको बारेमा प्रकाश पार्दै ज्यो सुवेदीले प्रस्तुत ग्रहण संक्रमणकारक रहेको बताउँनु भएको छ ।

त्यस्तै ज्योतीष सुवेदीले सूर्य ग्रहणमा चन्द्रमा अस्त हुन्छ नै त्यसमाथि यतिबेला बुध, वृहस्पति र शनि अस्तसंगै सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु राशिमा एकसाथ रहने भएकै कारण अप्रत्यासित घटनाक्रम उच्च संभावना रहेको बताएको छन ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.