र्‍युट्युबबाट सर्वाधिक पैसा कमाउने र्‍यान को हुन्,पुरा पढनुहो्स ।

र्‍यान आफ्ना आमा, बुवा र जुम्ल्याहा दिदीबहिनीहरूसँग अमेरिकाको टेक्ससमा बसोबास गर्छन्। उनी दिनहुँजसो युट्युबमा भिडिओ हाल्ने गर्छन् ।युट्युबमा उनलाई दुई करोड जनाभन्दा बढी प्रयोगकर्ताले सब्स्क्राइब गरेरै पछ्याएका छन्।दशौँ लाख मानिसले उनका भिडिओ प्रत्येक दिन हेर्ने गर्छन्। केही भिडिओ त एक अरबभन्दा बढी पटक हेरिएको छ।

उनले आफ्ना भिडिओहरू ूमनोरञ्जक र रमाइलाू हुने गरेकोले धेरै मानिसले मन पराउने गरेको गत वर्ष अमेरिकी टेलिभिजन एनबीसीलाई बताएका थिए।उनको सबैभन्दा धेरैले रुचाएको भिडिओलाई एक अर्ब ९० करोड जनाले हेरिसकेका छन्। पाँच मिनेट लामो त्यो भिडिओमा उनी बगैँचामा दौडिरहेको र त्यहाँ भित्र खेलौना भएका प्लास्टिकका अण्डाहरू खोजिरहेको देखिन्छ।

सन् २०१७ र २०१८को बीचमा उनको अनुमानित आम्दानी दुई गुनाले बढेको थियो। त्यसपछि उनले आफ्नो खातको नाम ूटोएज रिभ्यूू राखेका छन्। पहिले त्यसको नाम र्‍यान्स वर्ल्ड थियो।ूयुट्युबर्सू नामक पुस्तकका लेखक एवं इन्टरनेट संस्कृतिबारे कलम चलाउँदै आएका क्रिस स्टोकेल वाल्करले भने, ूयुट्युब च्यानल खोलेर अनेक काम गर्ने मानिस सफल हुँदैनन्। ९६.५ प्रतिशत युट्युबरहरू विज्ञापनबाट धेरै कमाएर अमेरिकाको गरिबीको रेखा पनि पार गर्न सक्दैनन् किनभने धेरैभन्दा धेरै मानिस आइरहेकाले प्रतिस्पर्धा एकदमै बढ्दैछ।ूअमेरिकी नीति अनुसन्धान संस्था पिउ रिसर्च सेन्टरका अनुसार बालबालिकाहरू समाटिएका युट्युब भिडिओलाई अन्य भिडिओलाई भन्दा तीनगुना बढी मानिसहरूले रुचाउने गर्छन्।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.