आज क्रिसमस डे, विश्वभरका इसाई बिश्वासीहरुले उल्लासका साथ मनाउँदै

परमेश्वरका पुत्र परमेश्वर येशुको जन्मोत्सव ख्रीष्टमस को पावन अवसरमा नेपाली इसाईहरूले आज देशभरिनै ख्रीस्टमस दिवस मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुुसार क्रिसमस डे प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन अर्थात इसाई बिश्वासीहरुले मनाउँछन् । आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको इसाई धर्मशास्त्र बाइबलमा पाईन्छ ।

येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गर्ने जनाइएको छ । हाल नेपालमा १२ हजार ५०० चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको अनुमान गरिएको छ ।पावन उल्लासका रुपमा क्रिसमस डे लाई साताव्यापीरूपमा विश्वभर मनाइने समेत गरिन्छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.