सलमानको जन्मदिनमा नेपालमा ‘बिइङ ह्युमन’को विशेष अफर

काठमाण्डौं – बलिउड सुपरस्टार सलमान खानको जन्मदिनलाई लक्षित गर्दै बिइङ ह्युमन क्लोथिङ नेपालले नयाँ स्किम सार्वजनिक गरेको छ। सलमानद्वारा सञ्चालित बिइङ ह्युमन फाउण्डेसन मातहत सञ्चालित बिइङ ह्युमन क्लोथिङले स्किम ल्याएको हो ।स्किम अन्तर्गत यो ब्राण्डको १५ हजार बराबरको कपडा खरिद गर्नेले सलमानको जन्मदिन अर्थात डिसेम्बर २७ पुष ११ गते० तारिखका दिन ‘दबगं–३’ फिल्मको एउटा टिकट र ‘बिइङ दबंग’ लेखिएको टि–सर्ट उपहार पाउने छन् ।

बिइङ ह्युमनका सञ्चालक सुदिपचन्द्र बख्रेलका अनुसार डिसेम्बर २७ को लागि एउटा सिनेमा हल नै बुक भैसकेको छ । सलमानको जन्मदिनमा सामूहिक रुपमा ‘वर्थ डे केक’ काटेर स्किम अन्तर्गतका ग्राहकलाई सिनेमा हेर्न लगिने उहाँले जानकारी दिनुभयो ।

त्यस दिनका लागि १ सयभन्दा बढी टिकट अग्रिम बुकिङ भईसकेको उहाँले बताउनुभयो । त्यो दिन बिइङ ह्युमन ब्रान्ड मार्फत निर्माण भएको विद्युतीय साइकल सार्वजनिक हुने भएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.