बिहीबार खण्डग्रास सूर्यग्रहण लाग्दै : के के गर्न हुदैन

बिहीबार पौष महिनाको औँशीमा खण्डग्रास सूर्यग्रहण लाग्दैछ । विभिन्न देशमा फरकफरक समयमा ग्रहण देखिनेछ । नेपालमा बिहान ८ः४२ बजेदेखि ग्रहण सुरु हुनेछ । ग्रहणको मध्य समय बिहान १०ः०१ बजे हुनेछ र ग्रहण मोक्ष अर्थात् ग्रहण सकिने समय मध्यान्ह ११ः३१ बजे मात्र हुनेछ । सूर्यग्रहण २ घण्टा ४९ मिनेट लाग्नेछ । पश्चिम दक्षिण अर्थात् नैऋत्य दिशाबाट सुरु हुने ग्रहण दक्षिण दिशाबाट मध्य भएर दक्षिण पूर्वको भाग आग्नेय दिशाबाट समाप्त हुनेछ । ग्रहणको सूतक आज राति ८ः४२ बजेदेखि नै सुरु हुने भएकाले बुधबार बेलुका ८ः४२ देखि नै बालक, वृद्ध, बिरामी बाहेकका व्यक्तिलाई भोजन गर्न निषेध गरिएको छ । बिहीबारको सूर्यग्रहण विक्रम संवत् अनुसार पनि २०७६ सालको अन्तिम ग्रहण हो । योभन्दा पहिले यस वर्ष असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लागेको थियो ।खण्डग्रास सूर्यग्रहण नेपालबाट मात्र नभइ भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भुटान, चीन, म्यान्मार, अफगानिस्तान, लगायत एसिया महाद्वीपका साथै अरु देशहरु अफ्रिका तथा अष्ट्रेलियाबाट समेत देख्न सकिन्छ ।

खण्डग्रास थोरै समय मात्र रहन्छ भने खग्रास ग्रहण धेरै समयको हुने गर्दछ । बिहीबार हाम्रो देशमा लाग्ने ग्रहण पनि खण्डग्रास सूर्यग्रहण हो । चन्द्रग्रहण सधैँ पूर्णिमा तिथिमा मात्र लाग्दछ भने सूर्यग्रहण सधैँ औँशी तिथिमा मात्र लाग्दछ । ज्योतिष शास्त्रमा ग्रहणको समय अशुभ मानिन्छ । ग्रहणको समयमा धेरै कामहरु गर्न निषेध गरिएको छ । जस्तैस् कैँचीको प्रयोग, फलफूल टिप्नु, कपडा धुनु, दाँत माझ्नु, गाइभैँसी दुहुनु, भोजन गर्नु, सहवास गर्नु, यात्रा गर्नु, सुत्नु, रुख काट्नु आदि जस्ता कार्य ग्रहणको समयमा गर्नु हुँदैन । गर्भवती महिलाले त झन् आराम गर्नुपर्दछ र ग्रहण हेर्नु हुँदैन । ग्रहण हेरेमा गर्भको बच्चामा नकारात्मक प्रभाव पर्ने बताइन्छ । वैज्ञानिक अनुसन्धानअनुसार पनि ग्रहणको समयमा वातावरणमा नकारात्मक ऊर्जा प्रवाह हुन्छ । जसका कारण नराम्रा कीटाणुहरुको सङ्ख्या धेरै बढ्छ । त्यसकारण भोजन नगरी बस्न सक्नेहरुले ग्रहणको समयमा भोजन नगर्नु नै राम्रो हुन्छ ।

ग्रहणको समय अगाडि नै पाकेका सामग्रीहरुमा तुलसी पत्र र कुश राख्नाले ग्रहणको समयमा निस्किने किटाणुहरुको प्रभाव निकै कम पर्दछ भन्ने पूर्वीय ग्रन्थहरुको मान्यता छ । पूर्वीय धर्मग्रन्थहरु मत्स्य पुराण, नारद पुराण, भागवत, वेद आदिमा ग्रहणको निकै चर्चा गरिएको पाइन्छ ।यसरी हाम्रो ज्योतिषीय मान्यता र आधुनिक वैज्ञानिक मान्यतामा भाषागत फरक भए पनि निचोड भने एकै किसिमको आएको देखिन्छ । यो समयमा कुनै पनि विशेष काम नगर्नु भन्ने नै दुवै सिद्धान्तको निचोड हो । दुवै विषयका ज्ञाताहरुको लागि ग्रहण विशेष अनुसन्धानको समय पनि हो । बिहीबारको सूर्यग्रहणको फल मेष:मान नाश । वृष; कष्ट । मिथुन;स्त्रीपीडा । कर्कट; सौख्यम् । सिंह; चिन्ता । कन्या;व्यथा । तुला; श्री प्राप्ति । वृश्चिक; क्षति । धनु; घात । मकर; व्यय । कुम्भ; लाभ । मीन; सुख ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.