इतिहासकै दुर्लभ ग्रहण: ६ वटा ग्रह एकै स्थानमा आउँदै विश्वमै नयाँ परिवर्तनको संकेत

आगामी २०७६ साल पुस १० गते बिहिवार डिसेम्बर २६ तारिखका दिन खण्डग्रास सूर्य ग्रहण मूल नक्षत्र धनु राशिमा लागेको छ । बिहान ८ बजेर ४२ मिनेट बाट सुरु भएको उक्त ग्रहण बिहान १० बजेर १ मिनेटमा मध्यम अबस्थामा रहेको थियो । बिहानै ११ बजेर ३१ मिनेटमा पूर्णरुपमा ग्रहणले छोडेकोछ । उक्त ग्रहणको अबधि २ घण्टा ४९ मिनेट सम्म रहेको छ । करिब छ वटा ग्रहहरु एकैस्थानमा रहेर लाग्न लागेको ग्रहण हुनाले पनि विशेष रुमा हेरिरहेको छ । यो एकदमै दुर्लभ खगोलिय घटना हो । मूल नक्षत्र तथा धनु राशिमा लाग्ने ग्रहणको विभिन्न राशिमा पनि यसको प्रभाव पर्दछ । विशेषगरी धनु, बिश्चिक, कन्या, सिंह,मकर, वृष, मेष मिथुन, राशिमा जन्मिएका मानिसका लागि नकारात्मक प्रभाव पर्ने हुँदा सावधानी अपनाउँदै ग्रहण नहेर्दा राम्रो हुन्छ । कर्कट तुला, कुम्भ र मीन राशि हुनेहरुका लागि भने विषेश फाइदा रहने छ ।

पुस ९ गते राति ८ बजेर ४२ मिनेट बाटनै बालक, वृद्ध तथा रोगीबाहेकले भोजन गर्न नहुने शास्त्रमा उल्लेख गरिएको छ । यस्तो अवस्थालाई सुतक काल भनेर भनिएको छ । सुतक ग्रहण लाग्नु भन्दा १२ घण्टा अगाडिदेखि नै सुरु हुने छ। यो ग्रहण बिशेष गरि भारतको नाम र राशिमा लाग्ने हुदा भारतमा यसको प्रभाव उच्च रहने छ । यसको प्रभाव पृथ्वीमा रहेका हरेक वस्तुमाथि फरक फरक तरिकाले पर्दछ । यस्ता खाले ग्रहण लागेको समयमा विभिन्न क्षेत्रमा प्रभाव पार्ने गर्दछ । बिशेष गरि पूर्वी तथा दक्षिणी देशहरुमा यसको प्रभाव उच्च रहने छ ।

ग्रहण लाग्ने राशिको हिसाबले पनि धनु राशिको दिशा पनि पूर्वनै हो, यस कारणले पनि यी क्षेत्रमा धेरै प्रभाव पर्ने अनुमान गरिएको छ । राजनीति, व्यापार विदेश मुद्रा, सुन चाँदीको मुल्यमा वृद्धि हुने जस्ता घटना एक पक्ष अघि र एक पक्ष पछि सम्म रहने छ । पक्ष भन्नाले १५ दिन अघि भन्ने बुझिन्छ । यसको प्रभाव १५ दिन अघिदेखि नै पर्न सुरु गर्छ भने ग्रहण लागेपछि पनि करिव १५ दिन रहने छ । तर लागेपछिको समय भने त्यत्ति खतरा नहुने, तर सवारी तथा हवाई दुर्घटनामा भने सावधानी अपनाउनु पर्ने देखिन्छ ।

यसको ठिक बिपरित चन्द्रमा अपोजिट साईटमा गएको अबस्था रेखिय अबस्था हो । पृथ्वीको विपरीत तर्फ हुँदा पूर्णिमा हुन्छ यस्तो अबस्थामा सूर्यको किरण पूर्णरुपमा चन्द्रमामा ठोकिएर पृथ्वीमा आउँदछ साधना गर्ने मानिसका लागि यस्तो दिन अति उपयोगि मानिन्छ । दान तथा मन्त्र हरुको जपले यसको प्रभाव कमपर्ने शास्त्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.