यसकारण गर्भमा जानेको वेदको क्रिया मानवले बाहिर आएर बिर्सन्छ

मन्दिरमा हामी चार काम विशेष रुपले गर्छौ । एक आरती गाइन्छ, आरतीको मतलब शब्द हरुको उच्चारण गरिन्छ । दोस्रो आरतीको थालिमा दियो आदि जलाइन्छ अर्थात शब्द पछि हामी प्रकाशु उत्पन्न गर्छौ । फेरी मन्दिर भित्र घण्टी बजाउछौ । मतलब लाई हामी स्थापित गर्छौं । मन्दिरमा पनि केवल हामी त्यहीसम्म सीमित रहन्छौं तर ती चार चिजहरु चार अनुभुतीहरु आफ्नो हृदय स्थीत मन मन्दिर भित्र खोज्ने प्रयास गर्दैनौ । परिणामस्वरुप हामी अघि बढ्न सक्दैनौ ।चार वेद मध्ये ऋग्वेद प्रधान हो । जसमा हाम्रो सन्तहरुले शब्द ब्रह्माु अर्थात प्रभुको त्यो सत्य अविनाशी नामको चर्चा गरेका छन् । त्यसको स्तुति गाएका छन् जो सबैको घटमा विद्यमान छ ।

यसका साथै हामी घण्टी पनि बजाउछौ , किर्तन गर्छौ अर्थात नादलाई प्रकट गर्छौ । जसको वर्णन विस्तृत रुपमा साम वेदमा पाइन्छ । ईश्वरमा तद्रुप भएपछि एक साधक आफु भित्र नादलाई सुन्छ । त्यसको श्रवण गर्छ । हाम्रो आन्तरिक मन मन्दिरमा ईश्वरको यस्तो दरबार रहेको छ जहाँ बाजामृदंगढोल, झांझ आदि निरन्तर बजिरहेको छ । जसलाई सुनेर मन यती मस्त हुन्छ कि मनले आफ्नो विषयरुपी विषलाई छोडदछ ।शिवाजी मराठाका गुरु समर्थ रामदास जी दास बोधु मा लेख्छन्, आमाको गर्भमा जब बच्चा हुन्छ उसलाई हजार बिच्छिहरुले टोके समान दुस्ख प्राप्त हुन्छ । उ त्राहि त्राहि गर्छ र भगवानको प्रार्थना गर्छ हे १ भगवान मलाई यस काल कोठरीबाट निकाल्नुहोस

अब त्यो शिशुको भित्र केहि यस्ता बिशेषता हुन्छन् जुन विशेषताहरुबाट तपाई र हामी सबै गुज्रिएका छौं । बच्चालाई यदि अध्यारो कोठामा राखिदियौ भने चिच्याएर रुन थाल्छ । तब आमा बत्ति जलाउछिन् । प्रकाश भएपछि बच्चा आफुलाई सुरक्षित महसुस गर्छ । र त्यो प्रकाशलाई एक टक हेरिरहन्छ । यदि आमाको गर्भमा कुनै प्रकाश नदेखेको भए त्यो बच्चा प्रकाशसँग कसरी परिचित भयो तब तपाईले मान्नु पर्नेछ कि आमाको गर्भ भित्र पनि प्रकाशसँग उसको सम्पर्क भएको थियो ।दोस्रो कुरा बच्चा यदि एकान्तमा रहे पनि रुन थाल्छ । तब आमा लोरी गएर सुनाउन थाल्छिन् । आजकल त गीत बजाएर पनि बच्चालाई चुप लगाउन सकिन्छ । बच्चा संगितसँग कसरी परिचित भयो यसको मतलब आमाको गर्भ भित्र उ संगीत सुन्छ । यस्तो नादु सुन्छ जुन नबजाइकन बजि रहेको छ । उसले अनहद नादलाई आमाको गर्भमा सुनेको हुन्छ ।

यसै प्रकार सन्तहरु एकमत छन् कि बच्चा आमाको गर्भमा अमृतपान पनि गर्छ । जसको साहारामा उ नौ महिनासम्म रहन्छ । साथै भगवानको त्यो पवन नाम को सुमिरण पनि आमाको गर्भमा गर्छ ।भागवतको चार श्लोकलाई वा मन्दिरमा हुने चार क्रियालाई बच्चा आमाको गर्भमा गर्थ्यो । उसलाई यसको अनुभव प्राप्त हुन्छ । गर्भ बाहिर आएसँगै उसले बिस्तारै बिस्मृति भएर बिर्सन्छ । त्यो अमृतलाई, प्रभुको त्यो आदि नाम, अद्भुत प्रकाश, त्यो दिव्य संगित जसको अनुभव उसले गर्भमा प्राप्त थियो । जुन नामको सुमिरणको कारण गर्भको पिडादायक अवस्थामा पनि उसले शान्तिलाई पाप्त गर्‍यो, आनन्दको अनुभुति गर्‍यो।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.