बलिउडबाट सन्यास लिने अमिताभको संकेत

नयाँ दिल्ली । बलिउड सुपरस्टार अमिताभ बच्चनले फिल्म क्षेत्रबाट सन्यास लिने संकेत गरेका छन् । उनले ब्लगमार्फत् स्वास्थ्य अवस्थाको कारण फिल्म क्षेत्रबाट सन्यास लिने संकेत गरेका हुन् । अमिताभ हाल ‘ब्रह्मास्त्र’ फिल्मको सुटिङमा व्यस्त छन् र यसको लागि उनी मनाली पुगेका छन्। अमिताभले ब्लगमा लेखेका छन्, ‘यस सानो सुन्दर ठाउँमा कारबाट यहाँ पुग्न मलाई १२ घण्टा लाग्यो। यहाँ सडक पनि राम्रो छैन, कोठा र वातावरण पनि फरक छन्। मैले अब रिटायर गर्नुपर्नेछ‘ मेरो दिमाग कतै आयो र औंलाहरूले केही गर्दैछ।’

अमिताभ केही समयअघि इन्फेक्सनका कारण अस्ताल भर्ना भएका थिए। केही दिन आराम गरेर फेरी अमिताभले भारतीय चर्चित रियालिटी शो ‘कौन बनेगा करोडपति’ सिजन ११ को सुटिङ थालेका थिए। ‘कौन बनेगा करोडपति’ बाहेक उनी फिल्म ‘ब्रह्मास्त्र’ को सुटिङमा पनि व्यस्त छन्।

सन् १९६९ को फिल्म ‘सात हिन्दुस्तानी’ बाट बलिउड प्रवेश गरेका अमिताभले यसअघि सन् १९८४ देखि १९८७ सम्म तिन वर्ष बलिउडबाट ब्रेक लिएका थिए। तीन वर्षको अन्तरालपछि उनले फिल्म ‘शहिंशाह’ बाट बलिउडमा धमाकेदार कमव्याक गरेका थिए। त्यसपछि उनी लगातार फिल्म क्षेत्रमा सक्रिय रहे।

सन् १९९२ मा फिल्म ‘खुदा गवाह’ रिलिज भएपछि अमिताभ फेरी बलिउडबाट पाँच वर्ष हराए। तर बीचमा १९९४ मा उनी अभिनित फिल्म ‘इन्सानियत’ रिलिज भयो। जसको सुटिङ उनले पहिला नै गरिसकेका थिए। तर त्यो फिल्म व्यापारिक रुपमा सफल भएन। त्यसको पाँच वर्षपछि अमिताभ स्टारर फिल्म ‘मोहब्बते’ रिलिज भयो। फेरि पनि उनले चलचित्र क्षेत्रबाटै बिदा लिने संकेत गरेका छन् । अभिताभ बच्चनले बलिउडमा राज गरेको झण्डै ५० वर्ष पुरा भइसक्यो।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.