पूर्वखोलामा व्यवसायिक रुपमा किवी खेती सुरु

पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका २ जल्पामा किवीको व्यवसायी खेती सुरु गरिएको छ ।जल्पाको ढोलिमारा साठिकोल र मैदानलाइ किविको पकेट क्षेत्र नै बनाएर गाउँपालिकाले खेतीको लागि प्रोत्साहन समेत गरेको छ । यहाँका किसानलाई आवश्क तालिम सहित किबी खेतीको सुरुवात गरिएइको गाउँपालिकका प्रमुख नुनबहादुर थापाले बताउनुभयो । उहाँले कम मेहनतमामा किबीबाट प्रशस्त आम्दानी गर्न सकिने भएकाले किसालाई सहयोग गरिएको बताउनुभयो ।

यस वर्ष पालिकाले १ सय केजी किबि निशुल्क बितरण गरेको उहाँले जानकारी गराउनु भयो ।कार्यक्रमको सहजिकरण प्रदेश ५ का कृषि बिज्ञ कमान सिं थापा र सुन्ताला र कागती जतका पाल्पाका नर्सरी प्रमुख बोम बहादुर थापाले गर्नुभएको छ ।गाउँमा आयआर्जनसँगै रोजगारीको अवसर समेत हुने भएकोले गाउँमा व्यवसायिक किवी खेती गरिएको वडा अध्यक्ष निर बहादुर सारुले बताउनुभयो ।

किबी एक प्रकारको निकै पोषिलो र औषधीय गुण समेत भएकाले यसको माग विश्वभर बढेको छ । किवी नियमित खानाले पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, लामो समयसम्म जवान देखिने, भिटामिन सीको कमी पुर्ति गर्ने अधिक्तम रुपमा खनिज त्तो पाइन्छ लगायतका फाईदाहरु छन् ।किशानले लगायको किविबाट उत्पादन बिरुवा लगाएको २–३ बर्ष देखि उत्पादन सुरु गर्ने किविको बिरुवाले करिब ४० देखि ६० बर्ष सम्म नै निरन्तर उत्पादन दिने गर्दछ । सातौँ बर्ष देखि किविले राम्रो गुणस्तर सँगै उत्पादन पनि एउटै बिरुवाले ५० देखि १०० किलो सम्म फल फल्छ ।

नेपालमा किवि प्रति किलोग्राम ४०० देखि ८०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ भने यो फल प्रशस्त उत्पादन गरी विदेश निर्यात गर्न सकेमा लाखौँ विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । यो फल नेपालको भुगोल अनुसार १२०० देखि २४०० मिटरको उचाइमा लगाउन सकिन्छ । किबीको खेती जल्पामा सफल रुपमा हुने गाउँपालिकाका प्राबिधिक सन्तोष कँडेलले जानकारी गराउनु भयो । सोत: डिल्लीराज पंगेनी

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.