अमेरिकामा आम नरसंहार कहालिलाग्दो बन्दै, सन् २०१९ मा सबैभन्दा धेरै हत्याकाण्ड

अमेरिकामा सन् २०१९ अहिलेसम्मकै सबभन्दा धेरै आम नरसंहार भएको वर्ष बन्न पुगेको अनुसन्धानकर्ताहरूले जनाएका छन् ।सन् २०१९ मा मात्रै ४१ वटा आमहत्याका काण्ड भएको त्यसमा २११ जना मारिएको असोसियटेड प्रेस, यूएसए टुडे र नर्थइस्टर्न विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख छ ।चार वा चारभन्दा बढी मानिस मारिनुलाई आम नरसंहारका रुपमा लिने गरिन्छ । मे मा भर्जिनियामा भएको १२ जना मारिएको र अगष्टमा एल पासोमा २२ जना मारिएको हत्याकाण्ड सन् २०१९ को सबैभन्दा घातक हत्याकाण्ड मानिएको छ ।

४१ मध्ये ३३ वटा काण्डमा बन्दुक प्रयोग गरिएको र क्यालिफोर्नियामा सबभन्दा धेरै ९आठवटा० आम हत्याका घटना भएको अनुसन्धानकर्ताले जनाएका छन् ।सन् १९७० सम्मको तथ्याङ्क हेर्दा सन् २०१९ भन्दा बढी हत्याकाण्ड अरु वर्ष नभएको एपीले जनाएको छ । दोश्रो धेरै आमहत्या भने सन् २००६ भएको र त्यो वर्ष ३८ वटा त्यस्ता काण्ड भएको जनाइएको छ हत्याकाण्ड कम भए पनि मानिस मारिएको चाहिँ सन् २०१७ मा धेरै रहेको जनाइएको छ । त्यो वर्ष २२४ जना हत्याकाण्डमा मारिएका थिए ।

त्यो वर्ष लस भेगसमा गराइएको आम नरसंहारमा ५९ जना एकै पटक मारिएका थिए ।पारिवारिक कलह, लागु औषध सम्बन्धी काण्ड वा गुन्डाहरूको समूह संलग्न हुने कयौं नरसंहारको घटना त अखबारहरूको शीर्ष समाचार नबन्ने उनीहरुले उल्लेख गरेका छन् ।साना हतियारबाट ठूलो मानवीय क्षति भइरहेपनि अमेरिकामा बन्दुक राख्न पाउने अधिकार नियन्त्रणका लागि कानुन बनाउन सहमति बन्ने गरेको छैन । अमेरिकामा डेमोक्रेट नेताहरु बन्दुक नियन्त्रणका पक्षमा देखिए पनि रिपब्लिकनहरु यसका पक्षमा खुल्ने नगरेको बताइएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.