शंकास्पद गतिविधि गरिरहेका ह्याकरको आशंकामा चितवनबाट २ चिनियाँ पक्राउ

ह्याकरको आशंकामा प्रहरीले चितवनबाट २ चिनियाँ नागरिक पक्राउ गरेको छ । काठमाडौंको बूढानीलकण्ठबाट १२२ चिनियाँ नागरिक पक्राउ परेको केही दिनपछि चितवनमा उस्तै शंकास्पद गतिविधि सञ्चालन गर्दै आइरहेका दुई चिनियाँलाई प्रहरीले पक्राउ गरेको हो ।चितवन प्रहरीले भरतपुरको सिजी ल्याण्डमार्कस्थित होटल फेनमा शंकास्पद गतिविधि गरिरहेका २ चिनियाँ केही दिनअघि पक्राउ परेको जनाएको छसमातिएका चिनियाँलाई अभद्र व्यवहार र साइवरक्राइम कसुरअन्तर्गत अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार, यी दुई चिनियाँ नागरिकले होटल फेन प्रयोग गरेर चितवनमा ठूलो चिनियाँ लगानी भित्राउने भन्दै गतिविधि सञ्चालन गर्दै आइरहेका थिए ।प्रहरीका अनुसार, होटलका अलावा भरतपुरका विभिन्न घर चल्तीको मूल्यभन्दा बढी रकम दिएर उनीहरूले भाडामा लिएको पाइएको छ । ३० हजार भाडाको घरलाई उनीहरूले २ लाखसम्म तिर्नेगरी सम्झौता गरेको प्रहरीले फेला पारेको छ । यति मात्रै होइन, भरतपुरमा रहेको एक पार्टी प्यालेससमेत उनीहरूले भाडामा लिएको पाइएको छ ।चिनियाँहरुले रातदिन घरभित्रै बसी शंकास्पद गतिविधि गरेको स्थानीयहरूले प्रशासनमा खबर गरेका थिए । उनीहरूले गत असोज महिनादेखि भरतपुरमा यस्ता गतिविधि बढाउँदै लगेका थिए । प्रहरीले निगरानी बढाएपछि केही चिनियाँहरु आफ्ना उपकरणसहित भागेको जनाइएको छ ।

प्रहरी प्रमुख मल्लका अनुसार, केहीले काठमाडौंमा काम गर्ने गरी अनुमति लिएका छन् । केही टुरिष्ट भिसामा छन् । उनीहरु यहाँबाट भागेपछि प्रहरीले उनीहरू बसेको घर तथा पार्टी प्यालेसमा सिल गरेको र थप अनुसन्धान भइरहेको उनले बताए ।यसअघि काठमाडौंको बूढानीलकण्ठमा पनि चिनियाँहरूले अखडा जमाएर बसेका थिए । शंकास्पद गतिविधि गरेको स्थानीयको उजुरीका आधारमा प्रहरीले त्यहाँबाट १२२ चिनियाँलाई पक्राउ गरेको छ । अहिले उनीहरूमाथि प्रहरीले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.