सलमान खान बने बलिउडका सर्वाधिक कमाइ गर्ने भारतीय अभिनेता

भारतीय अभिनेता सलमान खानको ५४ औंँ जन्मदिन मनाएका छन्।सलमानले हिजो मध्यरातमा आफ्नो परिवार तथा आफन्तजनका साथमा जन्मदिन मनाएका छन् । सामाजिक सञ्जालमा यतिबेला बलिउड कलाकार तथा सलमानका प्रशंसकले जन्मदिनको शुभकामनाहरु दिइरहेका छन् । सलमान खानको हालै रिलिज भएको फिल्म ‘दबंग ३’ ले बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको छ । यससँगै सलमान खानले भारतीय सिने जगतमा एक अर्को इतिहास रचेका छन् । फिल्म ‘दबंग ३’ को बक्स अफिसको कलेक्सन अनुसार सलमान खानको १५ वटा फिल्मले बक्स अफिसमा १०० करोड व्यापार गरेको छ ।

सलमान खानका फिल्महरुमध्ये सन् २०१७ मा रिलिज भएको ‘टाइगर जिन्दा हे’ ले ३३९ करोड कमाएको थियो । तसर्थ, उनका १५ वटा फिल्ममध्ये ‘टाइगर जिन्दा हे’ सर्वाधिक सफल फिल्म बनेको छ । बक्स अफिसममा सलमानका १५ वटा सर्वाधिक व्यापार गर्न सफल फिल्महरुको सूची यस्तो छ।टाइगर जिन्दा हे – ३३९ करोड रुपैयाँ बजरंगी भाइजान – ३१५.४९ करोड रुपैयाँसुल्तान – ३००.४९ करोड रुपैयकिक – २११.६३ करोड रुपैयाँ भारत – १९७.३४ करोड रुपैयाँ प्रेम रतन धन पायो – १९४.३४ करोड रुपैयाँ एक था टाइगर – १८६.१४ करोड रुपैयाँरेस ३ – १६६।१५ करोड रुपैयाँ दबंग २ – १४९.५२ करोड रुपैयाँ बडीगार्ड – १४४.७८ करोड रुपैयाँ दबंग – १४१.२४ करोड रुपैयाँ रेडी – १२०.७२ करोड रुपैयाँ ट्युबलाइट – ११४.५७ करोड रुपैयाँ जय हो – १०९.३५ करोड रुपैयाँ दबंग ३ – १०७ करोड ९प्रदर्शनको छैठौँ दिनमा, प्रर्दशनको क्रममा रहेको छ० रुपैयाँ

सलमान खानपछि दोस्रो स्थानमा अभिनेता अक्षय कुमार रहेका छन् । अक्षयका १३ वटा फिल्मले बक्स अफिसमा एक सय करोडभन्दा धेरैको व्यापार गरिसकेका छन् । यस्तै तेस्रो स्थान अभिनेता शाहरुख खान परेका छन् । शाहरुख खानका ७ वटा फिल्मले १०० करोड कमाउन सफल भएका छन् भने आमिर खानका ६ वटा फिल्मले १०० करोडको भन्दा धेरै व्यापार गरेका छन् । यस्तै पाँचौं स्थानमा अभिनेता ऋतिक रोशन, अजय देवगन, रणवीर सिंह र रणबिर कपूरका फिल्महरु पर्दछन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.