भोजपुरमा बोलेरो जीप दुर्घटना, चालकको मृत्यु

भोजपुरको सदरमुकामबाट उत्तरमा रहेको षडानन्द नगरपालिका वडा नम्वर १० खोटडाँडाबाट धरान जाँदै गरेको बोलेरो गाडी दुर्घटना हुदाँ चालकको उपचारकाक्रममा मृत्यु भएको छ। सोमवार साँझ षडानन्द नगरपालिका १० खोटडाँडाबाट सुन्तला लिएर धरान तर्फ जाँदै गरेको को २ च १७९२ नम्वरको बोलेरो गाडी आफै अनियन्त्रित भई सडक भन्दा १५ मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भोजपुर बताएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका धरान उपमहानगरपालिका वडा नम्वर १६ घर भएका २७ बर्षिय चालक फूर्वा तामाङ्गको संखुवासभाको तुम्लिङटारमा रहेको मनोकामना अस्पतालमा उपचारका क्रममा राती मृत्यु भएको प्रहरी निरीक्षक पाण्डव
राजवंशीले बताउनुभयो । दुर्घटनामा परी घाइते भएका सहचालक तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिका ७ वस्ने वर्ष २० का रविन मगरको भने उपचार भैरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.