सागका पदक बिजेतालाई प्रदेश ५ सरकारले सम्मान गर्ने

बुटवलः प्रदेश ५ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद का बिजेतालाई सम्मान गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सागमा सहभागी बिजेतालाई प्रोत्साहन स्वरुप नगदसहित सम्मान गर्ने निर्णय गरेको हो।

सागमा सहभागी भएका प्रदेश ५ का खेलाडीलाई एकलतर्फ स्वर्णपदक बिजेतालाई एक लाख, समूहमा स्वर्ण जित्नेलाई ८० हजार, रजत एकललाई ८० हजार, समूहमा रजत जित्नेलाई ६० हजार, एकल कास्य जित्नेलाई ६० हजार, समूहमा कास्य जित्नेलाई ४० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको हो। यस्तै बैठकले सामाजिक विकास मन्त्रालयले बनाएको पाठ्यक्रम तैयार गर्ने कार्यविधि स्वीकृत गरेको छ। मन्त्रालयले अध्ययन गरेर प्रदेशस्तरीय पाठ्यक्रम निर्माण गर्ने गर्नेछ।

बैठकले कृषि क्षेत्रमा कृषि स्वयंसेवक नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै विपद् प्रभावित क्षेत्रमा बस्ती पूर्वाधार विकास गर्ने कार्यविधि स्वीकृत गरिएको मन्त्री गिरीले जानकारीदिनुभयो । मन्त्रिपरिषद् बैठकले वातावरण संरक्षणसम्बन्धी विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको छ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.