सन् २०१९ मा सर्वाधिक व्यापार गर्ने फिल्ममा ‘वार’पहिलो नम्बरमा

हरेक वर्ष झैँ सन् २०१९ मा पनि बलिउड फिल्म उद्योगमा कयौँ फिल्महरु रिलिज भए । तीमध्ये केही फिल्मले दर्शकको मन जित्न सफल भए ।केहीले, बक्सअफिसमा शानदार प्रदर्शन गरे भने, केही फिल्म फ्लप सावित भए । आज हामी वर्ष २०१९ मा रिलिज भएका तथा बक्सअफिसमा सर्वाधिक व्यापार गर्न सफल १० फिल्मबारे चर्चा गर्दैछौँ ।

वारकमाई ३१८ करोडवर्ष २०१९ को अक्टुबर २ मा रिलिज भएको फिल्म ‘वार’मा अभिनेता ऋतिक रोशन र टाइगर श्राफले पहिलो पटक एकसाथ काम गरेका छन् । ऋतिक र टाइगरको एक्शनलाई दर्शकले पनि खुबै रुचाए । यही कारण वर्ष २०१९ मा यो फिल्म सर्वाधिक व्यापार गर्न सफल रह्यो । कबीर सिंहकमाई २७८.२४ करोडअभिनेता शाहिद कपूर र कियारा अडवाणीको मुख्य भूमिका रहेको फिल्म ‘कबीर सिंह’ २१ जून २०१९ मा रिलिज भएको थियो ।शाहिद कपूरले निभाएको एक पागल प्रेमीको भूमिकालाई दर्शकले निक्कै मन पराए । तसर्थ, यो फिल्मले बक्सअफिसमा सबैभन्दा धेरै व्यापार गर्ने फिल्मको सूचिमा दोस्रो स्थान बनाउन सफल भयो । उरीः द सर्जिकल स्ट्राइकनिर्देशक आदित्य धरको निर्देशनमा बनेको फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’ बक्स अफिसमा मात्रै नभई बलिउडको अहिलेसम्मकै सर्वाधिक नाफा कमाउने फिल्म बनेको छ । अभिनेता किक्की कौशलको मुख्य भूमिका रहेको यो फिल्म जम्मा २५ करोड भारुमा बनेको थियो ।तर, यस फिल्मले बक्सअफिसमा २४५।३६ करोडको व्यापार गर्‍यो । अर्थात फिल्मले २२०.३६ करोडको मुनाफा कमायो । यसका साथै, उरीः द सर्जिकल स्ट्राइक वर्ष २०१९ को सर्वाधिक व्यापार गर्ने फिल्मको सूचीमा सामेल भयो ।

भारत कमाई २०९.३६ करोडअभिनेता सलमान खानको मुख्य भूमिका रहेको फिल्म ‘भारत’ जून ५, २०१९ मा प्रदर्शन भएको थियो । यस फिल्ममा सलमान खानका साथै अभिनेत्री कट्रिना कैफ र सुनील ग्रोवरको मुख्य भूमिका रहेको छ । हाउसफूल ४कमाई २०६ करोडवर्ष २०१९ को अक्टुवरमा रिलिज भएको फिल्म ‘हाउसफूल ४’ले दर्शक तथा फिल्म समिक्षकबाट प्रशंसा भन्दापनि आलोचना बढी कमायो । तर, बक्सअफिसमा भने फिल्मले राम्रो व्यापार गर्न सफल भयो । फिल्ममा अक्षय कुमार, रितेश देशमुख, बबी देवल, कृति सेनन, पुजा हेगडे, कृति खरबन्दाको मुख्य भूमिका रहेको छ । मिशन मंगल कमाई २००.१६ करोड फिल्म ‘मिशन मंगल’ भारतीय अन्तरिक्ष अनुसन्धान संगठन ९इसरो० का वैज्ञानिकहरुको कहानीमा आधारित फिल्म हो । २०१९ को अगष्टमा रिलिज भएको यस फिल्ममा इसरोको मंगल ग्रहसम्मको सफल आरोहणलाई देखाइएको छ ।फिल्ममा अक्षय कुमार, विद्या बालन, सोनाक्षी सिन्हा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.