‘मिस्टर नेपाल २०१९’ का विजेता सन्तोषलाई हिरो हुने इच्छा

सौन्दर्य प्रतियोगिताका विजेताहरुले प्रायः ग्ल्यामर फिल्ड रोज्ने गरेका छन् । सौन्दर्य प्रतियोगितामा भाग लिएका थुप्रै विजेताहरुले नेपाली फिल्ममा आफ्नो उपस्थिति जनाइसकेका छन् । ‘मिस नेपाल’ का ताजधारी सुन्दरीहरु रुबी राणादेखि निकिता चाण्डकसम्मले नेपाली फिल्ममा अभिनय गरिसकेका छन् । सुन्दरी अभिनेत्री प्रियंका कार्की पनि व्यूटी प्याजेन्टबाटै आएकी हुन् ।

‘मिस्टर नेपाल २०१९’ का विजेता सन्तोष उपाध्यायलाई पनि फिल्मको हिरो हुने इच्छा रहेछ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ‘फिल्ममा अभिनय गर्न इच्छुक हुनुहुन्छ रु’ भन्ने प्रश्नमा उनले भने, ‘खासमा मलाई समाजप्रति आफ्नो योगदान बढाउन मन छ । एकदमै राम्रो स्क्रिप्टबाट अफर आयो भने फिल्म पनि गर्नेछु । तर, मेरो रुची चाहिँ समाजसेवा हो ।’‘मिस्टर नेपाल’ प्ल्याटफर्मबाट नेपाली फिल्म क्षेत्रले एक कुशल अभिनेता पाइसकेको छ । एक समयका चर्चित अभिनेता जीवन लुईटेल दोस्रो ‘मिस्टर नेपाल’ का विजेता हुन् । तर, उनीपछि ‘मिस्टर नेपाल’ का विजेताहरुले नेपाली फिल्ममा आफ्नो दरिलो उपस्थिति जनाउन सकेका छैनन् । सन्तोष भने आफूले फिल्ममा अभिनय गर्ने वा नगर्ने भन्ने स्क्रिप्टमा निर्भर रहने बताउँछन् ।

तर, ‘मिस्टर नेपाल’ भइसकेपछि अभिनेता नै बन्नु पर्ने चाहना आफूमा नभएको उनको भनाई छ । लामो समयदेखि टिचिङ हस्पिटलमा चिकित्सकको रुपमा कार्यरत डा। सन्तोष आफूले शिक्षा र स्वास्थ्यमा गरिरहेको प्रोजेक्टलाई देशव्यापी बनाउन चाहेको बताउँछन् । उनी अगाडि भन्छन्, ‘मैले हाम्रो समाजलाई जरैदेखि परिवर्तन गर्नका लागि अभियान थालनी गर्न चाहिरहेको छु ।’ अब तपाईंलाई डाक्टर भन्ने कि ‘मिस्टर नेपाल’ रु पत्रकारको प्रश्नको जवाफ दिँदै उनले हँसिलो अनुहारमा भने, ‘डाक्टर मलाई लाइसेन्सले नै हटाउन मिल्दैन । ‘मिस्टर नेपाल’ को जिम्मेवारी पाएपछि यो पनि हटाउन मिल्दैन । दुवैलाई सँगै लिएर जानुपर्छ ।’ डा सन्तोष उपाध्यायले ‘मिस्टर नेपाल’ को मुख्य उपाधिसँगै मिस्टर ट्यालेन्ट र मिस्टर फोटोजेनिकको उपाधि पनि जितेका थिए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.