चिसो बढेसंगै बच्चालाई चिसो लाग्नबाट कसरी बचाउने ,पुरा पढनुहोस्

जाडो मौसममा विषेशगरी बालबालिका र वृद्धवृद्धालाई सताउने गर्छ । हामीले चिसो याममा बच्चालाई राम्रोसँग ध्यान दिन सकेनौं भने विभिन्न खाले रोग तथा समस्या देखापर्ने सम्भावना हुन्छ । बच्चालाई चिसोबाट बचाउन कोठालाई न्यानो बनाइराख्न आवश्यक छ । बच्चालाई न्यानो बनाउँदा विभिन्न कुरामा सचेत हुनु जरुरी हुन्छ । केही समय घाम छिर्ने ठाउँमा राख्नुपर्छ । एकदमै बाक्लो कपडा लगाउँदा अप्ठ्यारो हुन सक्छ, त्यसैले समयानुकूल कपडा लगाइदिनुपर्छ । कोठा न्यानो बनाउँदा भेन्टिलेसनमा पनि ध्यान दिनुपर्छ ।

कोठा न्यानो बनाउन हिटर, कोइला, ब्रिकेट पनि बाल्ने चलन छ । भेन्टीलेसन राम्रो छैन भने त्यसले कार्बोन मोनोअक्साइड बढ्न सक्छ र अक्सिजन नै लिन नसक्ने बनाइदिन्छ, जसले गर्दा बच्चाको ज्यानै जाने खतरा हुन्छ । त्यसैले राम्रो भेन्टीलेटर भएको कोठामा मात्र हिटर, कोइला र ब्रिकेटको प्रयोग गर्नुपर्छ । बच्चालाई सकभर घाम छिर्ने कोठामा राख्नुपर्छ । बच्चाको शरीर सबै छोपिने गरी कपडा लगाइदिनुपर्छ । हातमा पञ्जा , कान छोपिने गरी टोपी लगाइदिने गर्नुपर्छ । धेरै कपडा लगाउँदा बच्चाको शरीर भित्रबाट पसिना पनि आइरहेको हुनसक्छ । हिटर बालेर अथवा कपडा लगाइदिएर मात्रै पनि हुँदैन, समय–समयमा बच्चाको ख्याल पनि गर्नुपर्छ । कोठा हावा छिर्ने हुनुपर्छ । सानो बच्चा छ भने नियमित स्तनपान गराइराख्नुपर्छ । अन्य झोल खानेकुरामा पनि जोड दिनुपर्छ ।
चिसो मौसममा बच्चाको उमेरअनुसार ध्यान दिनुपर्ने हुन्छ । नवजात शिशु छन् भने विशेष ध्यान दिनुपर्छ । जति बच्चा ठूलो हँुदै जान्छन्, गर्नुपर्ने स्याहार त्यति कम हुँदै जान्छ । बढी जिम्मेवारी अनि रिस्क साना बच्चालाई हुन्छ । बढी कपडा ओाढाइदिँदा निसासिने डर पनि उत्तिकै हुन्छ ।

चिसो मौसम सुरु भएपछि बिरामी अस्पतालमा आइरहन्छन् । कोठामा हावा टाइट हुन्छ । झ्याल, ढोका बन्द हुन्छ, हावा छिर्ने ठाउँ हुँदैन । कोइला, ब्रिकेट बाल्दा कार्बन मोनोअक्साइड उत्पादन हुन्छ । । त्यसले हेमोग्लोबिनमा असर गरेर अक्सिजन लिन सक्दैन र ज्यानै जानेसम्मको खतरा हुन्छ । चिसोका कारणले निमोनिया हुन्छ भन्ने हाम्रो बुझाइ छ । चिसोका कारणले निमोयिा हुने भन्ने होइन । निमोनिया भाइरस, ब्याक्टेरिया तथा किटाणुको कारणले हुने गर्छ । रोगसँग लड्न सक्ने क्षमता कम भएकालाई बढी समस्या देखिन्छ । चिसो मौसममा भाइरल अथवा किटाणु बढी सक्रिय हुने भएकाले निमोनिया हुने गरेको हो । निमोनियाले ५ वर्षमुनिका बालबालिका बढी जोखिममा हुन्छन् ।
तर, निमोनिया जसलाई पनि हुनसक्छ । भाइरसबाट हुने निमोनिया सपोर्टिभ केयरले पनि निको हुन सक्छ भने ब्याक्टेरियाबाट भएको निमोनियामा कडा ज्वरो आउने, स्याँ स्याँ हुने हुँदा औषधि नै खानुपर्ने हुन्छ । साथै पोषणलाई पनि ध्यान दिनुपर्ने हुन्छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.