साइवर अपराधका घटनामा पुरुषको तुलनामा महिला जोखिममा

काठमाडौं। विश्वमा बढ्दो इन्टरनेट प्रयोगसँगै साइबर अपराधका घटना बढ्दै गएका छन्। साइवर अपराधमा पनि पुरुषको तुलनामा महिला नै जोखिममा रहेको प्रहरीले जनाएको छ। अपराध अनुसन्धान महाशाखाले टेकुका अनुसार सूचना प्रविधिको व्यापक दुरुपयोग भएसँगै बढेको साइवर अपराधले निकै भयावह अवस्था सिर्जना गरेको छ। दैनिक जसो ५० भन्दाबढी साइवर अपराधका उजुरी अपराध अनुसन्धान महाशाखामा आउने गरेको प्रहरी प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए।

पछिल्लो समयमा बढ्दो सामाजिक सञ्जालको प्रयोगसँगै महिला नै सामाजिक सञ्जालको दुरुपयोगको शिकार बन्न पुगेका उजुरी आउने गरेको प्रवक्ता उप्रेती बताउँछन्। साइवर अपराध निकै फरक र शक्तिशाली मात्र नभएर यसको प्रभाव पनि निकै गहिरो रहेको पाइएको छ। साइवर अपराध अन्तर्गत ह्याकिङ, स्क्याम, साइवर ब्ल्याकमेल, साइबर फ्राउड, सफ्टवेयर चलचित्र वा कुनै पनि डिजिटल सामग्रीको पाइरेसी लगाएत पर्छन्।इन्टरनेटको माध्यमबाट गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, क्रेडिट कार्ड तथा एकाउन्ट चोरी गरिने बैकिंङ कसुर अर्काको कम्प्युटर तथा नेटवर्किङमा पुर्याइने क्षति लगायतका घटना बढ्दै गएको प्रहरीले जनाएका छन्।नेपालमा सामाजिक सञ्जाल फेसबुक, ट्विटर, भाइवर, इमोलगायत विभिन्न सामाजिक सञ्जालको प्रयोग बढेसँगै इन्टरनेट जन्य अपराधमा युवाहरुको संलग्नता बढेको र यौनजन्य कसुरबाट महिला बढी मात्रामा पीडित हुने गरेको प्रहरी तथ्यांकले देखाएको छ।सामाजिक सञ्जाल फेसबुकमा महिला जोखिमनेपालमा सामाजिक सञ्जाल फेसबुकको प्रयोग बढेसँगै महिला जोखिमसमेत निकै चुलिएको छ ।

अदालतमा साइवर अपराधका मुद्दाकाठमाडौं जिल्ला अदालतमा पहिलो पटक २०६८ सालदेखि सामाजिक सञ्जालका पीडितहरुको मुद्दा हेर्न सुरु गरिएको थियो। मुद्दा हेर्न सुरु गरेदेखिको तथ्यांकमा हरेक वर्ष साइवर अपराधका मुद्दाहरु बढ्दै गइरहेको अदालतले जनाएको छ। जसमा पनि महिला नै ठूलो संख्यामा पीडित रहेका छन्। २०७१्०७२ को काठमाडौं जिल्ला अदालतको तथ्यांक अनुसार ६१ वटा साइवर अपराधका मुद्दा अदालतमा दर्ता भएका थिए।जसमा ४५ वटा मुद्दा फैसला भइसकेको अदालतले जनाएको छ भने १६ वटा विचाराधीन रहेको अदालतको तथ्यांकमा उल्लेख छ। ०७२्०७३ मा अदालतमा साइबर अपराधका मुद्दा ६६ वटा दर्ता भएको तथ्यांकमा उल्लेख छ। जसमा ५० वटा मुद्धाको फैसला भएको र बाकीँ विचाराधीन रहेको उल्लेख छ। हरेक वर्ष साइवर अपराधका मुद्दाहरुको संख्या अदालतमा बढ्दै गइरहेको अदालतले जानकारी दिएको छ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.