बलिउड चलचित्र “गूड न्युज” को ७ दिनको कमाई यस्तो छ ,पुरा पढनुहोस

एजेन्सी, अहिले बलिउड अभिनेता अक्षयकुमार अभिनित फिल्म गूड न्युज हलहरुमा प्रदर्शन भइरहेको छ । अभिनेता अक्षय कुमार र करिना कपुरको मूख्य भुमिका रहेको यस फिल्मले रिलिजको दिन देखी नै राम्रो ब्यापार गर्दै आइरहेको छ । यसै क्रममा शुक्रबार फिल्म गूड न्युजले बिहिबारको कमाई सार्वजनिक गरेको छ ।

भारतिय मिडियाका अनुसार यस फिल्मले पहिलो दिनमा १७ करोड ५६ लाख, दोस्रो दिन शनिबार २१ करोड ७८ लाख, आइतबार २५ करोड ६५ लाख, सोमबार १३ करोड ४१ लाख, मंगलबार १६ करोड २० लाख, बुधबार २२ करोड ५० लाख ब्यापार गरेको छ । त्यस्तै यस विहीबार १० करोड ८० लाखको ब्यापार गरेको छ । फिल्मले हालसम्म एक सय २७ करोडको ब्यापार गर्न सफल भएको छ ।

अभिनेता अक्षय कुमार, करिना कपुर, दिलजीत दोसांझ र कियारा आडवाणीको मूख्य भुमिका रहेको यस फिल्मलाई दर्शकले निकै रुचाएका छन् । सरोगेसीमा आधारित रहेर तयार भएको यस फिल्मको गीत र ट्रेलर पनि निकै मनपराइएको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.