३५ हजार फीटको उचाइमा बच्चा जन्माएपछि विमानलाई आकस्मिक अवतरण

उडिरहेको विमानमा बच्चा जन्मिएपछि केही बेर विमानभित्र असहज परिस्थिीतिको सामना गर्नु परेको छ । साउदी अरबको दम्मासबाट भातको कोच्चि आती फ्लाइटमा ३५ हजार फीटको उचाइमा महिलाले बच्चा जन्माएपछि विमानलाई आकस्मिक अवतरण गर्नु चालकदलका सदस्यहरु बाध्य बने । महिलाको डेलिवरी भइरहेको समयमा विमानलाई मुम्बई विमानस्थलमा आपतकालिन अवतरण गरिएको थियो ।

जेट एयरवेजले यस बच्चालाई जीवनभर विमान यात्राका लागि फ्रि टिकट दिने घोषणा गरेको छ । जेट एयरवेजले यस बच्चाका लागि एक फ्री पास जारी गरेको छ । जसको प्रयोगबाट उनले जतिपनि यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जेट एयरवेजको फ्लाइटमा यो पहिलो पटक भएको हो । यसअघि अफ्रिल २०१७ मा तुर्की एयरलाइन्सको एक विमान एक महिलाले एक बच्चालाई जन्म दिएपछि उक्त समाचारले पनि भाइरल रुप धारण गरेको थियो

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.