अमेरिका माथि आक्रमण गरे इरानका ५२ स्थानलाई निशाना बनाउने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले अमेरिकी नागरिक या सम्पतिमाथि आक्रमण गरेमा आफुहरुले पनि इरानका ५२ स्थानलाई निशाना बनाउने चेतावनी दिएका छन्। यी निशानाहरुमा निकै छिटो र कठोर हमला गरिने ट्रम्पको चेतावनी छ। सन् १९७९ देखि इरानले बन्धक बनाएका आफ्ना ५२ नागरिकको संख्याबराबरकै स्थानमा हमला गरिने ट्रम्पको ट्वीटमा उल्लेख छ।

इराकको राजधानी बग्दादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकाले ड्रोन आक्रमण गरी इरानी उच्चपदस्थ सैनिक कमाण्डर सोलेइम्नीको हत्या गरेलगत्तै यो क्षेत्रमा व्यापक तनाव फैलिएको छ। लगभग युद्धको स्थिति बनेको विश्लेषकहरुले बताइरहेका छन्। हवाई हमला, दुतावास आक्रमण र सैन्य कमाण्डरको हत्यापछि चुलिँदो इरान–अमेरिका तनावले नयाँ मोड लिएको छ। इरानी उच्चपदस्थ सैनिक कमाण्डर क्वासिम सोलेइम्नीलाई अमेरिकाले हत्या गरिदिएपछि तेहरानले गर्नसक्ने सम्भावित प्रत्याक्रमणबाट वासिंटन त्रसित बनेको छ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.