दुई दिन देशभर वर्षा र हिमपात हुने सम्भावना ,सर्तक रहन मौसम विद्कोआग्रह

काठमाडौं ,जम्बु कश्मिर हुँदै सुदुरपश्चिम नेपालबाट प्रवेश गरेको न्युनचापीय वायुले गर्दा देशभर नै बुधबार र बिहीबार हल्का वर्षा र हिमपात हुने मौसमविद् वरुण पौडेलले जानकारी दिए। उनले आज र भोलि काठमाडौं लगायत पश्चिमका क्षेत्रमा केही वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने भए पनि भोलि बेलुकादेखि क्रमशस् मौसम सुधार हुँदै जाने बताए । उनले भने, पश्चिमी क्षेत्रमा बिहीबार बेलुकीदेखि नै मौसम सफा हुने छ भने काठमाडौं र पूर्वका स्थानमा शुक्रबार दिउँसोदेखि सुधार हुने छ।

तीन दिनको मौसम बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिम र मध्यका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ। पूर्वी भूभागमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपात हुने सम्भावना रहेको छ। राती देशभर सामान्य बदली रही पश्चिमका केही स्थान, मध्य र पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान हिमपात हुने सम्भावना रहेको छ।

बिहीबार दिउँसो केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहीबार राती पनि पश्चिमका एकदुई स्थान साथै मध्य र पूर्वका थोरै स्थानमा वर्षाको संभावना रहेको महाशाखाले बताएको छ।शुक्रबारदेखि मौसम क्रमशस् सफा हुँदै जाने छ । देशको मध्य र पूर्वी पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको संभावना छ। शुक्रबार राती देशभर मौसम सफा रहनेछ।देशका केहि स्थानहरूमा वर्षा र हिमपातको कारण जाडो बढ्ने हुनाले चिसोबाट जोगिन महाशाखाले सचेत गरेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.