आफैँलाई कन्चटमा गोली हान्दा प्रहरी हवल्दारको मृत्यु

जाजरकोट, नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय डल्लीमा कार्यरत प्रहरी हवल्दार भोजबहादुर कठायतको मृत्यु भएको छ ।

बाजुरा जिल्ला घर भई चारमहिनादेखि सो कार्यालयमा कार्यरत ३५ वर्षीय कठायतले आफैलाई कन्चटमा गोली हान्दा आज बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।

घटनाका बारेमा छानविन गर्न टोली परिचालन भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.