ओस्कर मनोनयन प्यारासाइटको आश्चर्य जनक कमाल

सोमबार साँझ सार्वजनिक भएको वर्ष २०१९ को ओस्कर मनोनयनमा कोरियाली फिल्म प्यारासाइटुले मुख्य विधामा परेर धेरैलाई आश्चर्यमा पारेको छ । यसै वर्ष कान फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड जित्ने पहिलो कोरियन फिल्म बनेको प्यारासाइट ओस्करमा उत्कृष्ट फिल्म र उत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म दुवै विधामा मनोनित भएको छ । यी दुवैसहित यो फिल्म जम्मा ६ विधामा मनोनित भएको छ । उत्कृष्ट निर्देशक र पटकथामासमेत यो मनोनित छ ।

मार्टिन स्कोरसेजीको नेटफ्लिक्स ड्रामा ुदी आइरिसम्यानु, क्वन्टिन टेरेन्टिनोको वन्स अन अ टाइम इन हलिउडु, टोड फिलिप्सको जोकर र साम मेन्डिसको १९१७ सँगै बोङ जो हुको प्यारासाइट वर्षको प्रभावशाली फिल्ममा परेको छ। उत्कृष्ट फिल्ममा यी उल्लिखित फिल्मका अलावा फोर्ड भर्सेस फरारीु, जो जो र्‍याबिटु, लिटल वुमनु र म्यारिज स्टोर मनोनित छन्।यसपाली ठूलो भिडन्त निर्देशकमा पनि हुने देखिएको छ। निर्देशकमा दुई हलिउड हस्ती मार्टिन स्कोरसेजी दी आइरिसम्यान र क्वन्टिन टेरेन्टिनो वन्स अपन अ टाइम इन हलिउडका लागि मनोनित छन्। यिनका अलावा प्यारासाइटुका बोङ जो हु, वर्षकै चर्चित फिल्म ुजोकरका टोड फिलिप्स र पहिलो विश्वयुद्धको कथा बोकेको १९१७का साम मेन्डिस मनोनित छन्। केहीअघि सम्पन्न गोल्डन ग्लोब अवार्डमा मेन्डिसले निर्देशक र उत्कृष्ट फिल्ममा बाजी मारेका थिए।

उत्कृष्ट अभिनेतामा जोकरका वाकिन फिनिक्स गोल्डेन ग्लोब विजेता०, पेन एन्ड ग्लोरीका एन्टोनियो बान्डेरस यस वर्षका क्यान विजेता०, वन्स अपन अ टाइम इन हलिउडका लियोनार्डो डिक्याप्रियो, म्यारिज स्टोरीका एडम ड्राइभर र दी टु पोप्सका जोनाथन प्रेइसी मनोनित भएका छन्।अभिनेत्रीमा जुडीकी रेनी जेल्वेगर, बमसेलकी चार्लिज थेरोन, लिटल वुमनकी सउराइज रोनान, म्यारिज स्टोरीकी स्कारलेट जोन्सन र हर्रियतका लागि सिन्थिया एरिभोबीच प्रतिस्पर्धा हुनेछ।

सहअभिनेतामा वन्न अपन अ टाइम इन हलिउडका ब्रड पिट, दी आइरिसम्यानका अल पचिनो र जोय पेसी तथा अ ब्युटीफुल डे इन नेवरहुडका टम ह्यांक्स र टु पोप्सका एन्थोनी हप्किन्सका बीच प्रतिस्पर्धा हुनेछ।अन्तर्राष्टीय फिल्म पहिलेको विदेशी भाषाको फिल्म०मा प्यारासाइटसँग पेन एन्ड ग्लोरी, हनील्यान्ड, लेस मिजरेबल्स र क्रोपर क्रिस्टीबीच प्रतिस्पर्धा हुनेछ।यस वर्ष प्यारासाइट जस्तै गत वर्ष रोमा उत्कृष्ट फिल्म र अन्तर्राष्ट्रीय फिल्ममा मनोनित थियो। यसले अन्तर्राष्ट्रीय फिल्म र निर्देशकको अवार्ड जितेको थियो।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.