यस्तो ग्रह जहाँ हिराको बर्षा हुन्छ,सुन्दापनि कति अचम्म एकपटक अवश्य पढनुहोला

दुनियाँको सबैभन्दा महँगो पत्थर हीरा । यदि बहुमुल्य हीरा आकाशबाट बर्सियो भने के होला ? यो धर्तीमा आकाशबाट हीरा वर्षिने भन्ने कुरा असम्भव नै छ । तर यो ब्रह्माण्डमा एउटा यस्तो ग्रह छ, जसमा आकाशबाट हीरा बर्सिन्छ ।सौयमण्डलमै चारवटा यस्ता ग्रह छन् जसलाई ग्यासीय ग्रह पनि भनिन्छ । किनकि, ती ग्रहहरूको अधिकांश हिस्सा ग्यासले बनेको हुन्छ । वरुण पनि ग्यासले बनेको ग्रहमध्ये एक हो । अन्य ग्यासीय ग्रहहरू शनी, अरुण र वृहस्पति हुन् ।

वरुण पृथ्वीबाट सबैभन्दा टाढाको ग्रह हो । यसको सतहको तापक्रम माइनस २ सय डिग्री सेल्सियस रहेको छ । वरुण यस्तो ग्रह पनि हो, जसलाई वैज्ञानिकहरूले सुरुमा नदेखिकनै गणितको अध्ययनका आधारमा पत्ता लगाएका थिए । त्यसपछि मात्र वरुणको खोजी भएको थियो ।सन् १८४६ को सेप्टेम्बर २३ मा पहिलोपटक यो ग्रहलाई दूरविनबाट देखिएको थियो र त्यसको नाम नेप्च्यून राखियो । जसको अर्थ रोमन धर्मको समुद्र देवता हुन्छ । त्यसलाई संस्कृतमा वरुण भनियो । यसको खगोलशास्त्रीय चिह्न त्रिशूल रहेको छ ।

वरुण ग्रहमा जमेको मिथेन ग्यासको बादल वायुमण्डलमा उड्दछ र त्यहाँ हावाको गति सौर्यमण्डलका अन्य ग्रहको तुलनामा निकै उच्च हुन्छ । मिथेनको सुपरसोनिक हावा रोक्नका लागि वरुण ग्रहमा कुनै पनि भौगोलिक संरचना छैनन् । त्यसैले त्यहाँ हावाको गति १५ सय माइल प्रतिघण्टा सम्म पुग्दछ ।वरुण ग्रहको वायुमण्डलमा अन्यन्त घनत्वयुक्त कार्वन भएका कारणले त्यहाँ हीराको वर्षा पनि हुने गर्दछ ।एजेन्सीको सहयोगमा

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.