पाल्पा महोत्सवको प्रचार प्रसार तिब्र

पाल्पा व्यापार संघले फागुन १ गते देखि ११ गतेसम्म आयोजना गरेको पाल्पा महोत्सवका लागि प्रचार प्रसारलाइ तिब्रता दिएको छ । सचिवालय संयोजक तथा ब्यापार संघका सचिव पर्शुराम पौड्यालको नेत्रित्वमा बुधवार पाल्पा र स्याङजाको संगम राम्दी र पाल्पा, स्याङजा र गुल्मीको संगम रिणीमा माइकिङ गरिनुका साथै ब्यानर राखिएको छ । सक्रान्तीको अवसरमा मेला भर्न आएकाहरुलाइ लक्षित गरेर ती स्थानमा ब्यापक प्रचार प्रसार गरिएको सचिवालय संयोजक पौड्यालले बताउनु भयो ।

तानसेन नगरपालिका–९ मदनपोखराको माडीस्थित दमकडामा महोत्सव आयोजना गर्न लागिएको हो । ‘व्यापार विविधीकरण कृषि तथा पर्यटन प्रवद्र्धन राष्ट्रको आधार’ नाराका साथ महोत्सव सञ्चालन हुदंै छ । ‘जिल्लाको कृषि, पर्यटन, व्यापार प्रवद्र्धन र विकासका लागि सहयोग पु्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । नेपाल भ्रमण वर्ष–२०२० सफल पार्न स्थानीय वस्तु तथा सेवाको पहिचान, बजार प्रद्र्धनका लागि उद्यमी व्यवसायीलाई महोत्सवले प्रोत्साहित गर्ने छ । पाल्पाली ढाका र करुवाको बजारीकरण गर्न पनि महोत्सवले सहयोग पु्याउने छ ।

महोत्सवमा मदनपोखरा लगाएतका ठाउमा उत्पादीत ताजा तरकारी, छालाजन्य सामग्री, पाल्पाली ढाका तथा करुवा प्रदर्शनी तथा बिक्री वितरण, बैज्ञानिकका बिज्ञान प्रयोगशाला समेत राखिनेछ । महोत्सवमा अन्तर स्थानिय तह स्तरीय पञ्चेबाजा प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, विभिन्न सँस्कृति झल्कने सांस्कृतिक प्रतियोगिता समेत हुने छ । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारले विभिन्न प्रस्तुती समेत दिने छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.