मेलामा आएका श्रदालुहरुलाइ खिचडी

नारायण न्यौपाने-ल खिचडी खाने जती यता आउनुस ! ल आयो सयको तिन जोर ! सेल सेल, ढाइ सयमा न्यानो ज्याकेट । भिडमा यस्ता आवाजहरु सुनिएका थिए । ओहोर दोहोर गर्ने क्रममा मानिसहरु भिड खिचडी भएतिर बढि गइरहेका देखिन्थ्यो । जहा चुलाको नजिकै उभियर, कालिगण्डकीको चिसो सिरेटोमा न्यानो हुन आगो ताप्दै थपि थपि पलास्टीकको पिलेटमा खिचडी खाँदै थिए मानिसहरु । भान्सेहरुले खिचडी पकाउने र हतार हतार पिलेटमा राखेर दिनेमा ब्यस्त थिए ।

पाल्पा, स्याङजा र गुल्मीको संगम स्थल रिडिमा कालिगण्डकी स्नान गर्न तथा मेला अवलोकन गर्न आउनेका लागि भण्डारा लगाएर खिचडी खुवाइएको हो । तानसेन नगरपालीका १४ अर्गलीको वडा कार्यालय र रिसिकेशव मन्दीर ब्याबस्थापन समितीको ब्याबस्थापनमा उपस्थितहरुलाइ खिचडी खुवाइएको तानसेन नगरपालीका १४ अर्गलीका वडा अध्यक्ष कमल रानाले बताए । स्वतस्फुर्त रुपमा मागेर खिचडी खान पाइने ब्यावस्था मिलाइएको थियो । ‘याहा हजारौँ श्रदालुहरु आउनुहुन्छ वाहाहरुलाइ खानका लागि सुबिधा होस भनेर प्रसादको रुपमा हामीले खिचडी खुवाउने ब्यावस्था गरेका हौँ’ वडा अध्यक्ष रानाले भने, ‘हामिलाइ मासको दाल, चामल र दाउरा स्थानियहरुले निशुल्क दिएर सहयोग पनि गर्नु भएको छ ।’

बिगत ३ बर्ष देखी मेलामा आएकाहरुलाइ प्रसादको रुपमा खिचडी खुवाइदै आइएको छ । रिसिकशव मन्दिर, गायत्रि मन्दिर र स्थानीयले खुवायदै आएकोमा यस बर्षदेखी तानसेनको १४ वडा कार्यालयले समेत साझेदारी गरेको हो । मेलामा आएका पाँच हजार बढिले खिचडी खाएको स्थानिय गायत्री मन्दीर बद्यालयका बिद्यार्थी चुरामणी तिमल्सनिाले बताए । ‘हामिले यत्रो भिडमा मानिसहरुले थाहा पाँउदैनन भनेर बोलाएर समेत खुवाएका छौँ तिमल्सनिाले भने, ‘यसलाइ अझै ब्याबस्थित गर्ने र अर्को पटक खिचडी महोत्सव गर्ने योजना छ ।’ जेठि, माइली र कान्छी सक्रान्तीको रुपमा माघ १ गते देखि तीन रिणीमा श्रदालुहरु तिर्थ वर्तका लागि रिणीमा पुग्ने गर्छन । चार धाम मध्यको एक रिणीमा कालिगण्डकी नदिमा स्नान गरेमा मोक्ष प्राप्त हुने जन बिश्वास छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.