इन्स्टाग्रामभन्दा डेढ गुणा बढी डाउनलोड भयो टिकटक, एक वर्षमा ६६ करोड पार

सोसल भिडियो सेयरिङ एप टिकटक एक अर्ब बढीपटक डाउनलोड भइसकेको छ । सन् २०१८ मा यसलाई ६६ करोड बढी पटक डाउनलोड गरियो जबकी इन्स्टाग्राम ४४ करोड ४० लाख पटक डाउनलोड भएको छ ।यो जानकारी ऐप एनालिटिक्स कम्पनी सेन्सर टावरको एक रिपोर्टले सार्वजनिक गरेको हो । रिपोर्ट अनुसार टिकटक चर्चित हुँदा फेसबुक र स्न्यापच्याटजस्ता ठूला कम्पनी प्रभावित हुनेछन् ।

नन गेम क्याटगोरीमा चौथो स्थानमाःसेन्सर टावरका संस्थापक ओलिवर येहका अनुसार सन् २०१८ मा टिकटक ६६ करोड ३० लाख पटक डाउनलोड गरियो । यसरी यो सबैभन्दा धेरै डाउनलोड हुने मोबाइल एपको नन–गेम क्याटगोरीको चौथो स्थानमा छ । यसमा ऐपको लाइट र रिजनल भर्सन पनि समावेश थिए । चीनमा एन्ड्रोइड प्लेटफर्ममा भएको डाउनलोडलाई यसमा समावेश गरिएको छैन ।

७१ करोड पटक डाउनलोड भयो फेसबुकःसमान समयावधिमा सोसल मिडिया कम्पनी फेसबुक एपलाई ७१ करोड १० लाख पटक डाउनलोड गरियो । रिपोर्ट अनुसार जनवरी सन् २०१९ मा नै आइओएस र एन्ड्रोइड एपे स्टोरमा टिकटकका विभिन्न भर्सनलाई ७ करोड १० लाख नयाँ प्रयोगकर्ताले यो डाउनलोड गरे । यो आँकडा जनवरी २०१८ को तुलनामा २/६ गुना धेरै हो ।सन् २०१७ डिसेम्बरमा बाइट डान्सले म्यूजिक भिडियो ऐप म्युजिकल्लीलाई १ बिलियन डलरमा खरिद गरेको थियो । दुई ऐप्सको मर्जरपछि सन् २०१८ को क्रममा टिकटक अत्यधिक चर्चित बन्यो । यो फिचरले प्रयोगकर्तालाई टिकटकजस्तो लिप सिंकिंग भिडियो सेयर गर्ने सुविधा दिन्छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.