ललितानिवास परिसरमै बम भेटिएपछि सुरक्षा व्यवस्थामाथि नै प्रश्न

काठमाडौँ — प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले बालुवाटारको ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनाका मूख्य आरोपित ‘भूमाफिया’ शोभाकान्त ढकालको सानोभर्‍याङस्थित घरमा बुधबार बेलुका शक्तिशाली बम बिस्फोट गरायो । त्यति नै बेला बालुवाटारमा रहेको भाटभटिनीको स्टोर नजिकै रहेको ललितानिवासकै खाली जग्गामा पनि प्रेसरकुकर बम भेटियो ।

उपत्यका ब्यूरो इन्चार्ज माइला लामा साउन ४ गते काँडाघारी र त्यसपछि लामाको ठाउँमा आएका नविन बिक ९हितमान० असोज ६ गते ललितपुरबाट पक्राउ परेका थिए । दुवै इन्चार्ज ३ महिनाको अन्तरालमा पक्राउ परेपछि उपत्यका ब्यूरो हेर्न चिरन पुन ९हितमान०लाई नियुक्त गरिएको थियो । नारायणी ब्यूरो इन्चार्ज रहेका पुन आएपछि बुधबार भूमाफिया किटान गरिएका ढकालको घरमा बिस्फोट भएको हो । प्रहरी स्रोतहरुले दिएको जानकारी अनुसार विस्फोटको मूख्य योजनाकार नै पुन रहेको बताइन्छ । उनको खोजीमा प्रहरीले विशेष टोलीलाई सक्रिय बनाइकेको छ ।यद्यपी त्यो भने बम बिस्फोट हुन पाएन । नेपाली सेनाको टोलीले समयमै डिस्पोज गर्‍यो ।

अनुसन्धानमा खटिएका प्रहरी स्रोतहरुले जनाएका अनुसार शोभाकान्त ढकालको घर र ललिता निवास क्याम्पभित्र बम राख्ने समूह एउटै हुन् । हालसम्म उनीहरु पक्राउ पर्न सकेका छैनन् । काठमाडौं प्रहरी प्रवक्ता डिएसपी होविन्द्र बोगटीले शंकास्पद मानिसको पहिचान गर्नेक्रममा रहेको बताए । तर अहिलेसम्म कसैलाईपनि पक्राउ नगरिएको उनको भनाइ छ ।
उपत्यका ब्यूरोमा काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा र धादिङलाई समेटेर विप्लव समूहले उपत्यका ब्यूरोका रुपमा आफ्ना नेता–कार्यकर्तालाई सक्रिय बनाएको छ ।

साथै सभामुख निवास, नेपाल राष्ट्र बैंक, प्रधानन्यायाधीश र प्रधानमन्त्रीका सरकारी निवास रहेका कारण २४ सै घण्टा उच्च सुरक्षा सतर्कता हुने स्थान नजिकै बम फेला परेको हो । त्यो सबै भाग सेना र प्रहरीको सुरक्षा घेराभित्र पर्छ । अत्यन्तै संवेदनशिल क्षेत्र नजिक बम भेटिएपछि सुरक्षा सर्तकता माथि नै पनि प्रश्न उब्जिएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.