चिसो बढेसँगै हृदयाघात र मुटुको समस्या बढदो

काठमाडौँ, चिसो बढेसँगै हृदयाघात र मुटुको समस्याले समेत धेरै मानिसलाई पिरोलेको छ । जाडोयाम सुरु भएसँगै बर्सेनि हृदयाघातलगायत मुटुसम्बन्धी समस्या देखिनु नौलो भने होइन । यद्यपि, यस्तो समस्याबारे कुनै अध्ययन भने गरिएको छैन । त्यसकारण पनि बोलीचालीको भाषामा जाडोयामलाई ‘हर्ट अट्याक’ को मौसमसमेत भन्ने गरिन्छ ।मुटुरोग विशेषज्ञ डाओममूर्ति अनिलका अनुसार पाँच दशक नाघेका व्यक्ति, मुटुरोगी तथा मुटुरोगीका परिवारले जाडोयाममा मुटुको समस्यासँग सम्बन्धित लक्षणप्रति अलि बढी सतर्क रहनु आवश्यक छ । जाडो याममा मुटुरोगीहरूले सेवन गरिरहेको औषधिको मात्रा बढाउनुपर्ने स्थिति आउने गरेको औंल्याउँदै ओममूर्तिले मुटुको समस्या भएकाले चिसोमा नियमित परीक्षण गराउनुपर्ने बताए ।हाल ३० देखि ४० प्रतिशतसम्म हृदयाघातलगायत मुटुको समस्या लिएर आउने बिरामीको चाप बढेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा।डा।उत्तमकृष्ण श्रेष्ठ बताउँछन् ।

यसका कारण मुटु कमजोर हुनुको साथै मुटुको मांसपेसी कडा हुन्छ । नेपाल मेडिसिटी हस्पिटलका इमर्जेन्सी फिजिसियन डा।सञ्जय कार्कीले समेत हाल हृदयाघात र मुटुसम्बन्धी समस्याका बिरामीहरू गर्मीयामको दाँजोमा उपचारका लागि बढी अस्पतालमा पुगिरहेको बताए । जाडोमा कोरोनरी मुटुरोगका पीडित धेरैजसो एन्जाइना पीडित हुने डा।ओममूर्ति औंल्याउँछन् ।गर्मीयाममा एकदमै सामान्य रहने व्यक्तिलाई समेत जाडो याममा एन्जाइनाको समस्या देखिने गरिएको छ ।पाको व्यक्तिले चिसोमा बढी समयसम्म बस्नु हुँदैन । यो मौसममा कोठाको तापक्रम कम्तीमा १८ डिग्री सेल्सियस हुनुपर्छ । कोठामा हावाको ओहोर–दोहोर सुनिश्चित हुने गरी तातो राख्नुपर्छ ।यदि कोठामा घाम आउँछ भने यो सबैभन्दा स्वस्थकर स्थिति हो । घामले गर्दा कोठा प्राकृतिक रूपमा नै न्यानो हुन्छ ।चिसो बढेको समय ओछ्याउनामा सुत्दा हट वाटर ब्यागको उपयोग गर्नुसमेत फाइदाजनक हुन सक्छ । एउटा बाक्लो न्यानो लुगा लगाउनुकसट्टा थुप्रै पातले तह भएको लुगाफाटो लगाउनु राम्रो हुन्छ ।घाँटीमा गलबन्दी तथा टाउकोमा टोपीसमेत उपयोगी हुन्छ ।

चिसो बढेसँगै यदि तपाईंलाई हृदयाघातको आशंका छ भने ३२५ मिलिग्रामको एउटा एस्प्रिनको चक्की वा ४ वटा ७५ मिलिग्रामको एस्प्रिरनको चक्की सेवन गरेर सिधै अस्पताल जानुपर्ने डा। ओममूर्ति बताउँछन् । यसले रगतलाई जम्नबाट रोक्छ । मुलुकमा पाइने धेरैजसो एस्प्रिनको चक्की ७५ मिलिग्रामको हुन्छ ।जाडोले मुटुलाई के गर्छजाडोयाममा चिसोले गर्दा शरीरमा भएको रगतको नली साँघुरो हुनुको साथै खुम्चिन्छ । यो नली साँघुरो हुनुको असर मुटुमा रगत पुर्‍याउने धमनीमा पर्ने भएकाले विशेष गरेर मुटु रोगीमा हृदयाघातको खतरा बढ्छ ।जाडोयाममा शरीरमा तापक्रम तथा भिटामिन ‘डी’ को कमीसँगै रगत बाक्लो हुने समस्याले मुटु रोगको जोखिम बढेको हो । जाडोले गर्दशरीरको तापक्रम कम हुँदा रक्तचापमा वृद्घि हुन्छ । जाडोयाममा शरीरमा तापक्रम तथा भिटामिन ‘डी’ को कमीसँगै रगत बाक्लो हुने समस्याले मुटु रोगको जोखिम बढेको हो । जाडोले गर्दा शरीरको तापक्रम कम हुँदा रक्तचापमा वृद्घि हुन्छ ।

जाडोयाममा दिनहुँ व्यायाम नगर्ने व्यक्तिले एक्कासि कडा व्यायाम सुरु गर्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । विशेषज्ञहरूका अनुसार सामान्य स्वस्थ व्यक्तिले जाडोयाममा व्यायाम सुरु गर्दा विस्तारै आफूलाई अनूकल हुने तहबाट सुरु गर्नुपर्छ । यस्तै, चार दशक नाघेका र नियमित व्यायाम नगर्नेले भने चिकित्सकसँग सल्लाह गरी व्यायाम सुरु गर्नु फाइदाजनक हुन्छ ।‘निरन्तर व्यायाम नगर्ने व्यक्ति जब एक्कासि बढी परिश्रम गर्छन् त्यति खेर उनीहरूको धमनीमा जम्मा भएको कोलेस्ट्रोल टुक्रिन थाल्छ,’ डा।ओममूर्ति भन्छन् । उनका अनुसार यसले गर्दा टुटेको कोलेस्ट्रोलको टुक्रा रगतको नलीमा अवरोध ९ब्लकेज० को कारण बन्न सक्छ ।यही अवरोधले हृदयाघातलगायत विभिन्न शारीरिक समस्या उत्पन्न गर्न सक्छ । त्यसैगरी, मुटु रोगीहरूले वा ५० नाघेकाहरूले जाडोयाममा बिहानै उठेर वा साँझपख व्यायाम वा मर्डिङवाक गर्नु पनि जोखिमपूर्ण मानिन्छ । ‘जाडोयाममा मर्डिङ वा इभिनिङ वाकको साटो घाम लागेपछि हिँड्नु फाइदाजनक हुन्छ,’ डा। ओममूर्ति भन्छन्, ‘घरबाहिर निस्किँदा न्यानो लुगा लगाउनुको साथै घाँटी र कान छोप्नु राम्रो हुन्छ ।’

मौसमी रुघाखोकीबाट बच्नुस्रुघाखोकीले समेत हृदयाघातको जोखिम बढाउँछ । रुघाखोकी चिसोबाट नभई भाइरसका कारण हुने संक्रमण हो । जाडोयाममा मौसमी रुघाखोकीसमेत बढी मात्रामा देखिन्छ । मौसमी रुघाखोकीले समेत रगतलाई फोक्सोमा पठाउनका लागि मुटुलाई बढी काम गर्न बाध्य पार्छ । सुन्नाइले गर्दा जमेको कोलेस्ट्रोल ९प्लेक० फुट्न सक्छ, यसले रगतको नलीमा अवरोध पुर्‍याउनुको साथै हृदयाघात हुन सक्छ ।त्यसैले मुटु रोगीले रुघाखोकीको समस्या देखिए तत्काल चिकित्सकीय परामर्श लिनुपर्छ । रुघाखोकीको औषधिमा ‘डिकन्जस्टेन्ट’ र ‘सोडियम’ बढी हुन्छ । ‘डिकन्जस्टेन्ट’ रक्तचापको औषधिलाई काम गर्न बाधा पुर्‍याउन सक्छ । जाडोयाममा मौसमी रुघाखोकीबाट बच्न मुटु रोगीले घरबाहिर गएपछि अनिवार्य रूपमा साबुनपानीले हात धुनुपर्छ ।त्यसैगरी, फोहोर हातले नाक, मुख नछुनेरनकोट्याउने र रुघाखोकी लागेको व्यक्तिसँग कम्तीमा एक मिटरको दूरी कायम राख्नुपर्। जाडोयाममा मौसमी रुघाखोकीबाट बच्न मुटु रोगीले घरबाहिर गएपछि अनिवार्य रूपमा साबुनपानीले हात धुनुपर्छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.