अजय देवगनको ‘तान्हाजी’ले कटायो १९ करोड रुपैंयाँ

बलिउड करियरमा सफल अभिनेताको उपाधि पाउँदै आएका अजय देवगनलाई फेरि अर्को सफलता प्राप्त भएको छ ।यसअघिका फिल्म ‘गोलमाल’ देखि ‘रेड’, ‘टोटल धमाल’, ‘दे दे प्यार दे’सम्मले सय करोड क्लबमा टिकाएका अजयको पछिल्लो फिल्म ‘तान्हाजीः द अनसङ वारियर’ले सय करोड पार गरेको छ ।पहिलो दिन गत शुक्रबार १४ करोड ५० लाख भारतीय रुपैयाँ कमाएको ‘तान्हाजी’ले दोस्रो दिन गत शनिबार झन् बढाएर १९ करोड ७५ लाख कलेक्सन गरेको थियो । यसलाई उत्कृष्ट सफलता मानिएको छ ।

बक्स अफिस इन्डियाका अनुसार, यसले पहिलो सप्ताहमा एक सय १६ करोड भारतीय रुपैयाँ कमाएको छ । फिल्ममा अजयसँगै काजोल, सैफ अलि खान, शरद केल्कर र नेहा शर्माको अभियन रहेको छ ।

अजयका धेरैजसो फिल्म रोहित सेट्टीले निर्देशन गरे पनि यो चाहीं ओम रावतले निर्देशन गरेका छन् । फिल्म सन् १६७० मा भारतको सिंहगढमा भएको युद्धको कथामा आधारित छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.