अन्नपूर्ण आधार शिविरमा हराएकाको उद्धारमा समस्या

कास्की – अन्नपूर्ण आधार शिविर पदमार्गमा हिमपहिरोमा हराएका तीन जना नेपालीसहित चार जना कोरियाली पर्यटक अझै सम्पर्कमा आएका छैनन् ।सम्पर्कविहीन हुने नेपालीहरुमा मिन बहादुर लामा ९तामाङ०, छिरिङ भोटे र नेपाली गाइड सरोज परियार छन् ।

त्यस्तै कोरियाली पर्यटकहरुमा ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सूक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन रहेको पर्वतीय पदयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एसोसियशन अफ् नेपाल ९टान० पोखराका सचिव जीवनराम सापकोटाले बताउनु भयो ।कोरियाली पर्यटकहरु काठमाण्डौको ुट्रिप नेपाल माउन्टेन गाइडु नामक कम्पनीबाट टिम्स शूल्क काटेर अन्नपूर्ण बेस क्याम्पतर्फ गएका थिए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.