फागुनबाट हिमालय टीभीमा ‘डान्सिङ विथ दि स्टारर्स’ प्रशारण हुने

‘दि भ्वाइस अफ नेपाल, हिमालय रोडिज’ जस्ता रियालिटी शो प्रशारण गरिरहेको हिमालय टेलिभिजनले अब, नयाँ रियालिटी शो प्रशारण गर्ने भएको छ । फागुणबाट ‘डान्सिङ विथ दि स्टारर्स’ नामक रियालिटी शो हिमालय टेलिभिजनमा प्रशारण हुन लागेको हो ।वीवीसी स्टूडियोले सुरु गरेको यो रियालिटी शोको फ्रेञ्चाइज अहिले विश्वका सय भन्दा बढी देशमा विभिन्न नाममा प्रशारण भैरहेको छ । अमेरिका र अष्ट्रेलियामा यो शो सर्वाधिक लोकप्रिय छ । भारतमा ‘झलक दिख ला जा’ नाममा ‘डान्सिङ विथ दि स्टारर्स’को फ्रेञ्चाइज केही बर्षदेखि प्रशारण भैरहेको छ ।

यो शोलाई ‘दि भ्वाइस अफ नेपाल’को टिमले उत्पादन र व्यवस्थापन गर्नेछ । तर, यो शोको सम्पूर्ण अधिकार भने ‘हिमालय टेलिभिजन’सँग रहनेछ ।यो शोको निर्देशक लक्ष्मण पौड्यालले अनलाइनखबरसँग भने–‘यसमा स्टार भन्ने वित्तिकै चलचित्रका मात्र हुन्छन् भन्ने छैनन् । व्यवसायी, नायक–नायिका, पत्रकार, मोडल जो पनि यो शोको प्रतिस्पर्धी हुन सक्छन् ।’यो शोमा २४ जना प्रतिस्पर्धी सहभागी हुनेछन् । जसमध्ये १२ जना स्टार र ती १२ जना स्टारका लागि १२ जना कोरियोग्राफर शोका प्रतिस्पर्धी हुन् । एक स्टार–एक कोरियोग्राफर जोडीले शोमा प्रतिस्पर्धा गर्नेछन् ।

निर्देशक पौड्यालले भने–‘विशेषगरि, दर्शकले कुन स्टारलाई नाचेको हेर्न चाहनुहुन्छ, हामी उहाँहरुलाई छनोट गर्नेछौ । यो शोमा नाच्नै नजान्ने स्टार पनि सहभागी हुन सक्नेछन् । यसको छनोट प्रक्रिया हामी सुरु गर्दैछौ ।’कार्यक्रम प्रशारण भएसँगै हरेक हप्ता दर्शकको भोट र निर्णायकको मतको आधारमा १ जना प्रतिस्पर्धी बाहिरिने लक्ष्मणले बताए । उनका अनुसार २६ देखि ३० भागसम्म यो शो प्रशारण गर्ने योजना गरिएको छ । फागुणबाट यो शो हिमालय टेलिभिजनमा प्रशारण हुने बताइएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.