जुम्लाको मन्दिरबाट हराएको दत्तात्रेयको मूर्ति भेटियो

जुम्ला – निकै चर्चामा रहेको चन्दननाथ मन्दिरको हराएको दत्तात्रेयको मूर्ति भेटिएको छ । चन्दननाथ नगरपालिका १ दानसाँघुको खेतको आलीमा दत्तात्रेयको मूर्ति भेटिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीयको सूचनाको आधारमा खेतको आलीमा मूर्ति भेटिएको र विस्तृत जानकारीका लागि पत्रकार सम्मेलनको आयोजना गरिने बताइएको छ ।

मूर्ति हराएको सम्बन्धमा प्रहरीले गएको दुई दिनदेखि तलिचौर गाउँमा सर्च अभियान नै चलाएको प्रमुख जिल्ला अधिकारी बञ्जाडेले भन्नुभयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.