चिसो मौसममा स्वास्थ्य र दाँतको समस्या बढदो

जाडोमा खासगरी रुघाखोकी, भाइरल इन्फ्लुएन्जा, ब्रोङकाइटिस, दम, श्वासप्रश्वास, पिनास, निमोनिया, चिसोको एलर्जी, घाँटीको संक्रमण, भाइरल झाडापखाला, छाला फुट्ने, चिलाउने, सुन्निने, सेतो कत्ला निस्कने, छाला सुक्खा तथा फुस्रो हुने, चाउरी पर्ने, अनुहारमा कालो र सेतो दाग हुनेलगायत मुटु कमजोर बन्छ। हातखुट्टाका औंला, कान रातो हुने, चिलाउने, सुन्निने र कहिलेकाहीं घाउ हुने, दाद, ओठ फुट्ने, हातखुट्टा फुट्ने, शरीर चिलाउने, अपच, पखाला, आउँजस्ता पाचनसम्बन्धी रोग र हातखुट्टा र जोर्नी सुन्निने अवस्था पनि त्यत्तिकै निम्त्याउँछ।चिसोले मुटु, जोर्नी, श्वासप्रश्वास र दमका पुराना बिरामी, कुपोषित बालबालिकालाई बढी आक्रान्त पार्छ। शीतलहरले मुटु र मस्तिष्कमा असर पारी हृदयाघात दोब्बर बढी हुने, कोलेस्ट्रोल बढाउने, पक्षाघात गराउने, सरसफाइको कमीले विभिन्न संक्रमण र बालबालिकामा दादुरा, ठेउला, पनि ल्याउँछ। शरीरको प्रवेशद्वारलाई चिसो मौसमले असर नपार्ने कुरै रहेन।

हाइपरसेन्सिटिभिटीमुखमा चिसो पानी तथा गुलियो वस्तु पर्दा दाँत दुख्ने, लाग्ने रोगलाई चिकित्सकीय भाषामा हाइपर सेन्सिटिभिटी भनिन्छ। यो एक किसिमको दुखाइ हो जुन दाँतको बीचको तह डेन्टिन देखिएर हुने गर्छ। यस रोगलाई सुरु गराउने तथा बढाउने काम तातो, चिसो, ब्रस गर्दा वा छुँुदा, औषधी, रसायन, गुलियो पदार्थले गर्छ। दुखाइको समय, प्रकार गाम्भीर्यता चिकित्सकलाई थाहा नहुने भएकाले बिरामीलाई यसबारे विस्तृत सोधपुछ गरी निदान गरिन्छ।

डेन्टिन कसरी देखिन्छ तदाँतको बाहिरी सतह मुकुटमा भए इनामेल, जरामा भए सिमेन्टम र घाँटीमा भए इनामेल र सिमेन्ट दुवै नोक्सान भएर भित्री सतह डेन्टिन देखिन्छ। डेन्टिनमा भएका डेन्टिनल ट्युबुल जहाँ नशा हुन्छन्, बाहिरी वातावरण वा मुखको वातावरणसँग प्रत्यक्ष सम्पर्कमा आउन थाल्छ। त्यसैले हामीले गुलियो, चिसो खाँदा, ब्रस गर्दा, अमिलो खाँदा नसासँग सम्पर्कमा आइ दुख्छ।ब्याट्री, प्लेटि·, दर्जी, सिकर्मी, जुत्ता बनाउने, अस्वेस्टस धुलोमा रोजगारी तथा काम गर्नेहरू, दाह्रा किट्ने, पाइपबाट धुम्रपान गर्ने, बबी पिन दाँतले खोल्ने बानी, माटो खाने बानी भएकामा पनि समस्या देखिन्छ। त्यसैगरी गलत र जोडद्वार ब्रसि·, सूर्ती चपाउने बानी, अत्यधिक अमिलो पदार्थको सेवन—अचार, कोल्डड्रिड्ढसले पनि समस्या निम्त्याउँछ।

सबैभन्दा बढी हाइपरसेन्सिटिभिटी हुने कारणमा ब्रस गर्ने तरिका नमिलेर तथा प्रयोग गरिने दन्तब्रस र दन्तमन्जन नमिल्दा दाँतका घाँटी क्षेत्रमा इनामेल, सिमेन्ट खिइएर डेन्टिन देखिने अवस्था हो। आधिकारिक आँकडा नभए पनि मेरो १५५० बढी स्वास्थ्य शिविर तथा २० वर्ष बढी अस्पतालमा बिरामी हेर्दाको अनुभवअनुसार करिब ३५ देखि ५५ प्रतिशतमा पाइएको छ। २५ देखि ४५ वर्ष उमेर समूहमा, पुरुषभन्दा महिलामा बढी देखिएको छ।दाँत सिरि· हुने समस्याले जीवन दुःखदायी बनाउँछ। तातो, चिसो, गुलियो र अमिलो खाँदा दुख्ने तथा कष्ट हुने भएकाले, खाने तथा पिउने आनन्द पाउन सक्दैन। त्यसैगरी नित्यकर्म दाँत सफा गर्ने काममा बाँधा पर्दा तथा ब्रस नगर्दा फोहोर कुरा, दन्त लेउ जम्मा भई सेन्सिटिभिटी बढाउँछ तब दन्त सड्न, गिजासम्बन्धी रोग, पाइरिया तत्पश्चात शरीरमा विभिन्न रोग निम्त्याउँछ।

व्यवस्थापनदाँतको दुखाइबाट हाइपरसेन्सिटिभ र क्षेत्रको निदान गर्नुपर्छ। कारण पत्ता लगाई त्यसको नियन्त्रण गरिन¬पर्छ। बिरामीले घरमै प्रयोग गर्नसक्ने रासायनिक पदार्थ जस्तै फ्लोराइड, पोटासियम क्लोराइड, नाइट्रेड, स्ट्रोन्टियम क्लोराइड, सोडियम साइटे«ट, डाइकयाल्सियम फस्फेटयुक्त मलम, माउथवास वा मन्जन प्रयोग गर्न सक्छन्। त्यतिले ठीक नभए अस्पतालमै प्रयोग गर्ने वस्तु दाँतमा लगाइदिएर हाइपरसेन्सिटिभिटी निर्मूल गर्न सकिन्छ।त्यस्तै चिसोको प्रकोपबाट बच्न तातो र न्यानो स्थानमा बस्ने गर्नुपर्छ। चिसो हावा लाग्ने ठाउँमा हिँडडुल नगर्ने तथा धुलो धुवा, चिसो र संक्रमणबाट बच्न मास्क लगाउनुपर्छ। खानपानका वस्तुमा पोषणयुक्त र सन्तुलित खाना खाने, तातो र झोलयुक्त खाद्य पदार्थको बढी उपयोग गर्ने, मौसमी फलफूल लिने र सागसब्जी प्रशस्त खानुपर्छ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.