राष्ट्रियसभा निर्वाचनका लागि धमाधम मतदान हुँदै

काठमाडौं । राष्ट्रियसभाको रिक्त १८ सदस्यको निर्वाचनका लागि अहिलेसातै प्रदेशमा मतदान जारी छ ।विहान १० बजे सुरु भएको मतदान अपराह्न ४ बजे सकिने छ । प्रदेश १ मा महिला,दलित र अन्य समुहमा ३ जना,प्रदेश २ मा महिला,दलित,अपाङ्गता वा अल्पसंख्यक र अन्य समुहमा ४ जना, बाग्मती र गण्डकी प्रदेशमा महिला र अन्य समुहमा २र२ जना र प्रदेश ५ मा महिला,अपाङ्गता वा अल्पसंख्यक समुदाय र अन्य समुहका ३ जनाको लागि मतदान भइरहेको छ ।

यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशमा महिला र अन्य समुह गरी २र२ जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचित हुने छन् । मतदानको नतिजा आजै सार्वजनिक गरिने छ ।राष्ट्रिय सभा निर्वाचनमा नेकपाले १६, नेपाली कांग्रेसले १६, समाजवादी पार्टीले ७ तथा राष्ट्रिय जनता पार्टी राजपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले २–२ जनालाई उम्मेदवार बनाएका छन् ।

सातवटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फ ५ सय ५० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ हजार ५सय ६ गरी कूल जम्मा २ हजार ५६ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।प्रदेश सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख÷उपप्रमुखको मतभार १८ रहेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.