केरुङ र तातोपानी नाकामा डाक्टरसहितको टोलीले कोरोना भाइरसको जाँच र चेतना अभिवृद्धि कार्यक्रम गर्न

कोरोना भाइरसबारे जाँच, स्वास्थ्यकर्मीलाई तालिम र चेतना अभिवृद्धि कार्यक्रमका लागि डाक्टरसहितको टोली केरुङ र तातोपानी नाकामा पुग्ने भएको छ ।स्वास्थ्य सेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिसहितको टोली शुक्रबार रसुवागढी र तातोपानी नाकामा पुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।टोलीले नाकाका हेल्थ डेक्समा रहेका स्वास्थ्यकर्मीलाई जाँच र सावधानीका बारेमा तालिम दिनुका साथै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, पालिका प्रमुखहरु, प्रहरी लगायतलाई कोरोना र सावधानीका बारेमा जानकारी गराउने पनि प्रवक्ता श्रेष्ठले बताउनु भयो ।

नेपाल र चीन सरकारको सहमतिमा केरुङ र तातोपानी नाका १५ दिनका लागि बन्द गरिए पनि मानिसको आवातजावात भैरहेकोले सावधानी अपनाइएको प्रवक्ता श्रेष्ठले बताउनु भयो । शुक्रबार गएको टोलीले कोरोना जाँचका लागि थप उपकरण समेत लगेको छ ।यसैबीच प्रवक्ता श्रेष्ठले कोरोना भाइरसको शङ्का लागेको भए परीक्षणका लागि अस्पताल जान आग्रह पनि गर्नु भएको छ । सरकारले यसअघि चीनबाट फर्किएका व्यक्तिको मात्रै परीक्षण गर्ने बताएको भए पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले कोरोनासँग मिल्ने लक्षण देखिए वा शङ्का लागेमा परीक्षणका लागि अस्पताल जान अनुरोध गर्नु भएको हो ।

ज्वरो आउनु, श्वास फेर्न अप्ठ्यारो हुनु र छातीमा सङ्क्रमण हुनु कोरोना भाइरसको मुख्य लक्षण हो । धेरै भिडमा नजाने, व्यक्तिगत सुरक्षा र सरसफाइमा ध्यान दिने, साबुन पानीले राम्ररी हात धुने गरेमा यस रोगबाट बच्न सकिने डाक्टरले बताएका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.