अभिनेत्री आँचल शर्माको विवाह हुने पक्का विवाह मिति सार्वजानिक

अभिनेत्री आँचल शर्माको विवाह हुने पक्का भएको छ । उनी प्रेमी उदिप श्रेष्ठसग बैवाहिक जीवनमा बाधिने भएकी छन् । उदिप र आँचल केही समय यतादेखि प्रेममा छन् ।समय समयमा उनीहरुले एक अर्काबीच भेटघाट गरेको तस्वीरहरु सामाजिक संजालमा पोष्ट गर्दै आएका छन्। आँचल र उदिपको विवाह फागुनमा हुने भएको छ । आँचलले शुक्रबार आफ्नो परिवारसँग हुनेवाला दुलही भन्दै केक काटेकी थिइन् ।

मिडियामा धेरै कलाकर्मीको प्रेम चर्चा चल्नु नौलो कुरा त हैन तरपनि, नायिका शर्माको अभिनेता पल शाह सँग नाम जोडेर लामो समयसम्म चर्चा चलेको थियो ।

हामी मिल्ने साथी मात्रै हो भनेर स्पष्टीकरण दिँदा दिँदा हैरान भएकी आँचलले अन्ततः प्रेमी उदीप श्रेष्ठ सँगको सम्बन्धलाई बाहिर ल्याएका थिइन् । स्रोतका अनुसार आँचल शर्मा र उदीप श्रेष्ठको विवाह फागुन महिनाको अन्तिममा हुने भएको छ । उदिप श्रेष्ठ पेशाले डाक्टर हुन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.