जीपको ठक्करबाट घाइते भएका बालकको मृत्यु

दैलेख – सडकमा खेल्दै गरेको बेला जीपले ठक्कर दिँदा घाइते भएका बालकको ज्यान गएको छ । रावतकोटका गाउँपालिका २ का झक्कड थापाका ४ वर्षीय छोरा प्रकाश थापाको आइतबार राति ज्यान गएको हाे ।

डाडीमाडी बजारबाट दैलेख सदरमुकाम आउँदै गरेको लु १ च ६२९२ नम्बरको जीपले बालकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी हरिबहादुर ओलीले जानकारी दिनुभयो ।

जीपको ठक्करले घाइते भएका बालकलाई उपचारका लागि दैलेख अस्पताल लगिएकाे थियो । उपचारका क्रममा बालकको ज्यान गएको प्रहरीले जनाएकाे छ । जीप चालक बलबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.