प्रियंकाको रेड कार्पेटमा राल्फ एण्ड लारेनको गाउनको आलोचना गर्ने प्रति आमा मघु यस्तो जवाफ दिइन्

नायिका प्रियंका चोपडाले ‘६२ औं ग्रामी अवार्ड’मा लगाएको पहिरनले उनलाई आलोचना भोग्नुपर्यो प्रियंकाले यो अवार्डको रेड कार्पेटमा राल्फ एण्ड लारेनको गाउन लगाएकी थिइन् । तर, यो गाउनमा उनी निकै नै बोल्ड देखिएकी थिइन् ।प्रियंकाको यो पहिरन सामाजिक संजालमा सार्वजनिक भएसँगै उनी ट्रोलको शिकार भइन् । प्रियंका ट्रोलको शिकार भएपछि यो बिषयमा उनकी आमाले पहिलो पटक आफ्नो मुख खोलेकी छिन् ।

प्रियंकाकी आमा मधुले मिडियासँग कुरा गर्दै भनेकी छिन्–‘म यो कुराले खुशी छु, किनकी यो कुराले प्रियंका झनै बलियो बनेकी छिन् । उनी आफ्नो शर्त अनुसार जिन्दगी जिउँछिन् । उनले, बोल्ड पहिरन लगाउँदा कसैलाई हानी त भएको छैन नी ।’उनले अगाडि भनिन्–‘प्रियंकासँग निकै नै आकर्षक शरीर छ । उनको शरीर हो, जे मन लाग्छ गर्छिन्,

अरुलाई किन यति धेरै चासो रु’ मधुले, ट्रोल बनाउनेहरुको जिन्दगीमा हाँसो नभएको समेत तर्क गरिन् । भनिन्–‘उनीहरु कप्युटरको पछाडि बसेर काम गर्छन् । उनीहरुको जिन्दगीमा खुशी नै छैन ।’मधुले प्रियंकाले यो पहिरन लगाउनु अघि आफूसँग कुरा गरेको पनि बताइन् । उनले, आफूलाई पहिरन केही जोखिम लागेपनि प्रियंकाले निकै राम्रोसँग सम्हालेको प्रतिक्रिया दिएकी छिन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.