बोइलर कुखुराको मासुको मूल्य १० दिनमै १ सय ३० रूपैयाँले बढ्यो

आजभोलि कुखुराको मासुको मूल्य बढेको देख्दा उनलाई अचम्म लाग्न थालेको छ।सागको मूल्य बढ्दा सागभन्दा कुखुराको मासु किन्न सस्तो भन्दै मासु नै खाइन्थ्यो, अहिले त मासुको मूल्य दिनदिनै बढ्दै गएको छ

पुस अन्तिम हप्ता प्रतिकेजी २८० रूपैयाँ रहेको कुखुराको मासु अहिले प्रतिकेजी ४१० देखि ४२० रूपैयाँसम्म पर्छ। माघको पहिलो हप्तादेखि मासुमा अत्यधिक मूल्यवृद्धि हुँदै गएको छ।माघ पहिलो हप्तासम्म मासु प्रतिकेजी २८० देखि ३०० रूपैयाँसम्म थियो। दोस्रो हप्ता ३६० देखि ३७० सम्म पुग्यो। तेस्रो हप्ता आइपुग्दा ४१० देखि ४२० रूपैयाँसम्म पुगेको मार्टका व्यवस्थापक डम्बर चौधरीले बताए। तीन सातामै १ सय ३० रूपैयाँले मूल्य बढेको छ।

मङ्सिर २९ देखि पुस ८ गतेसम्म ह्याचरी उद्योग संघले चल्ला उत्पादन नगर्ने घोषणा गरी करिब ५० लाख चल्ला र ५० करोड मूल्य बराबरको अण्डा नष्ट गरेका थिए।१० दिनमा हुने करिब ६० लाख चल्ला उत्पादन नभएपछि बजारमा मासुको कृत्रिम अभाव सिर्जना भई मूल्य बढेको जानकारहरू बताउँछन्।काठमाडौं, धनगढी, बुटवल, चितवन, पोखरालगायतका ठाउँका चल्ला तथा अन्डा नष्ट गरिएको थियो।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.