बालुवाटार जग्गा प्रकरणमा संलग्न भएको आरोपमा पूर्वमन्त्री गच्छदारसहित १ सय ७५ जनाविरुद्ध मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्न रहेको भनिएका आरोपितहरुमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले १७५ जनाविरुद्ध मुद्दा परेको जानकारी दिनुभयो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले ललिता निवासको २ सय ९९ रोपनीमध्ये १ सय १४ रोपनी जग्गा हिनामिनामा मुद्दा चलाउन सिफारिस गरेको थियो ।

अख्तियार स्रोतका अनुसा्र पूर्वमन्त्री विजयकुमार गच्छदार, तत्कालीन भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र अर्का पूर्वमन्त्री चन्द्रदेव जोशी, पूर्वनिर्वाचन आयुक्त सुधीर शाह र उनकी पत्नी उर्मिला, पूर्वसहसचिव गेहनाथ भण्डारी, उनकी पत्नी भुवनकुमारी चापागाईँविरुद्ध मुद्दा दायर भएको हो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.