ट्रम्मविरुद्व लगाइएको महाअभियोगको प्रस्ताव विफल, सिनेटमा पुगेन दुई तिहाइ मत

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लगाइएको महाअभियोगको प्रस्ताव विफल भएको छ । संसदको माथिल्लो सदन सिनेटले प्रस्तावलाई अनुमोदन गर्न अस्विकार गरेपछि राष्ट्रपति ट्रम्प महाअभियोगबाट जोगिएका हुन् ।रिपब्लिकनको बहुमत रहेको सिनेटले राष्ट्रपति ट्रम्पलाई दोषमुक्त गर्ने पक्षमा मतदान गरेको हो । सत्ताको दुरुपयोग गरेको र अमेरिकी संसद कँग्रेसको मानहानी गरेको आरोपमा उनीमाथि महाअभियोगको लगाइएको थियो ।

एक सय सदस्यीय सिनेटमा शक्तिको दुरुपयोग गरेको अभियोगमा भएको मतदानमा उनको पक्षमा ५२ र विपक्षमा ४८ मत खसेको थियो । त्यसैगरी कँग्रेसको मानहानी गरेको र काममा आवरोध गरेको सम्बन्धमा भएको मतदानमा राष्ट्रपति ट्रम्पको पक्षमा ५३ र विपक्षमा ४७ मत परेको थियो ।महाअभियोग प्रमाणित गर्न सिनेटको दुई तिहाई मत आवश्यक पर्दछ । डेमोक्रेटिक तर्फका कुनै पनि सांसदले ट्रम्पको पक्षमा मतदान गरेनन ।

आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो–वाइडेनलाई कारबाही गर्न युक्रेनलाई दबाव दिएको आरोपमा उनीमाथि संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टिटिम्भसले महाअभियोगको प्रस्ताव पारित गरेको थियो ।महाअभियोग लागेर पनि प्रमाणित नहुने उनी अमेरिकाको तेस्रो राष्ट्रपति हुन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.